शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

रुपन्देहीमा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु


  • बिहिबार, भाद्र २४ २०७८
12.2K
SHARES

दुर्घटना/ साङ्केतिक तस्बिर

रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।  जिल्लाको तिलोत्तमा नगरपालिकामा  गएराती भएको दुर्घटनामा गम्भीर घाइते भएका स्थानीय प्रवेश खरेलको उपचारका क्रममा  मृत्यु भएको हो । तिलोत्तमाको शंकरनगरस्थित सडकमा लु २२ प ५५२६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई  दुर्घटना हुँदा खरेलको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।  उनको मणिग्राममा स्थित क्रिमसन अस्पतालमा मृत्यु भएको जनाइएको छ ।

यसैबीच  बिहीबार बिहान दाङ र सुर्खेतमा दुईवटा मोटरसाईकलमा जलेर नष्ट भएका छन् । दाङको  घोराही उपमहानगरपालिका–४ तल्लो भकारे निवासी  ६७ वर्षीय थमबहादुर परियारको घरमा पार्किङ गरी राखेको भे ४ प ५०७५ नम्बरको मोटरसाइकलमा बिहीबार बिहान आगलागी हुँदा मोटरसाइकल पूर्णरुपमा जलेर नष्ट भएको हो  । प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

उता सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ भैरवस्थानस्थित हरिहरनाथ योगीको घरमा पार्किङ गरी राखेका भे ६ प ८४५२ नम्बरको मोटरसाइकलमा  पनि बिहीबार बिहान आगलागी हुँदा मोटरसाइकल पूर्णरुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको  ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा