आइतबार, कार्तिक २ २०८३
ताजा अपडेट

आज १०८औं बिपी जयन्ती : प्रजातान्त्रिक आन्दोलनमा बिपीको योगदानको स्मरण गरिदै


  • बिहिबार, भाद्र २४ २०७८
13.4K
SHARES

फाइल तस्विर

आज स्वर्गिय बिश्वेश्वरप्रसाद (वीपी) कोइरालाकाे १०८औं वीपी जन्मजयन्ती परेकाे छ । । विसं १९७१ साल भदौ २४ गते जन्मनु भएका बिश्वेश्वरप्रसाद कोइराला नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता हुन् ।

नेपालमा प्रजातन्त्र स्थापनाका लागि कठोर संघर्ष गर्नुभएका कोइराला २०१५ सालको चुनावपछि पहिलो निर्वाचित प्रधानमन्त्री बनेकाे थिए । आफ्नो प्रधानमन्त्रीकालमा उहाँले देशबाट बिर्ता उन्मूलन तथा भूमि सुधारलगायतका सुधारात्मक काम शुरु गरेका थिए ।

नेपाली कांग्रेसको नेतृत्वमा २००७ सालमा राणा विरोधी क्रान्ति सफल गराउन बिपीको योगदान अनुलनीय रहेको छ । २०१७ पुस १ गते जननिर्वाचित सरकार अपदस्थ गरिएपछि कोइराला लगायत नेताहरुलाई तत्कालिन सरकारले बन्दी बनाएको थियो ।

२०२५ सालमा स्वास्थ्य परीक्षणका लागि जेल मुक्त हुनुभएका कोइरालाले ८ वर्षसम्म भारतमा निर्वासित जीवन बिताएका थिए । २०३३ पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई उहाँ स्वदेश फर्किएका थिए ।

बिपी कोइरालाले नेपाली साहित्य क्षेत्रमा पनि महत्वपूर्ण योगदान ब्यक्ति हुन् । उनकाे डेढ दर्जन कृति प्रकाशित छन् । कोइरालाको क्यान्सर रोगका कारण २०३९ साउन ६ गते निधन भएको थियो । स्वर्गीय कोइरालाको विचार अहिले पनि उत्तिकै सान्दर्भिक रहेको भए पनि उनले स्थापना गरेको नेपाली कांग्रेस पार्टीले औपचारिक कार्यक्रम समेत आयोजना गरेको छैन ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा