राप्रपा अध्यक्ष कमल थापाले हिन्दु राष्ट्र र राजसंस्था आस्था राख्ने पार्टीहरू एकजुट हुनुपर्नेमा जोड दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमा आफ्ना भनाई राख्दै राजसंस्था र हिन्दु राष्ट्र भन्ने ६२ /६३ सालमा एक्लै रहेको तर अहिले २३ दल आयोगमा दर्ता भएको बताउँदै एकजुट हुनु पर्नेमा जोड दिएका छन् ।
नी सामजिक संजाल फेसबुकमा लेख्छन ६२ ६३ मा हामी एक्लै थियौँ,लडदैभिडदै अघि बढ्यौँ।अहिले हिन्दुराष्ट्र र राजसंस्थामा आस्था राख्ने धेरै भएका छौँ।यो बिचार बोक्ने २३ दल निर्वाचन आयोगमा दर्ता छन्।छरिएर रहँदा एजेण्डा कमजोर हुन्छ।हिन्दुराष्ट्र र राजसंस्था चाहने सबै यो बिचारको मुलसंवाहक राप्रपामा एकजुट हुन आह्वान गर्दछु
नेपालमा हिन्दु राष्ट्र र राजा नै ल्याउनु पर्ने कमल थापाको भनाई रहँदै आएको छ । राज बिना मुलुक तह नसह हुने तर्क गर्दै आएका थापा हिन्दु राष्ट्र पनि हुनु पर्नेमा जोड दिन्छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।