शनिबार, साउन ९ २०८३
ताजा अपडेट

सभामुख सापकोटा बने झनै आक्रोशित, एमालेमाथि कडा एक्सन उत्रने !


  • बिहिबार, भाद्र २४ २०७८
12.3K
SHARES

फाइल तस्विर

बुधबारबाट सुरु भएको संसदको नवौँ अधिवेसन प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधका कारण चल्न सकेन । बैठक सुरु हुना साथ एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सभामुख अग्नि सापकोटाको कार्यर्शलीको विरोध गर्दै संसद चल्न नदिने बताए । सचेतक भट्टराईले सभामुख दल विभाजको मतियार बनेको आरोपसमेत लगाए ।

उनले एमालेको अनुशासन उल्लंघन गरेका १४ सांसदलाई १ गते नै कारवाही गरी सभामुखको टेबुलमा पुर्याएर जानकारी गराएको र निर्वाचन आयोगलाई कारवाहीको सूचना पुर्याए पनि नियम विपरीत एमाले फुटाउन सभामुखको मतियारको भूमिका निर्वाह गरेको आरोप लगाए ।

एमालेले कारवाही गरेका सांसदलाई बचाउन र एमाले टुक्र्याउन किन एउटा सहयोगीको भूमिका निर्वाह गर्नुभयो ? किन सारथीको भूमिका निर्वाह गर्नुभयो, दल विभाजनका लागि तपाईं किन मतियार बन्नुभयो ?” सभाभमुखको भूमिका प्रश्न उठाउँदै एमाले प्रमख सचेतक विशाल भट्टराईले भने, ‘आज सम्मानीत सदनसमक्ष जोडदार रुपमा यो प्रश्न उठाउन चाहन्छौँ, यसको जवाफ हामीलाई चाहिएको छ ” भन्दै प्रश्न गरेका थिए ।

भट्टराईको प्रश्नपछि सभामुखले जवाफ दिन लाग्ने बित्तिकै एमाले सांसदहरु रोष्टम घेराउ गर्न पुगिसकेका थिए । “माननीय सदस्यहरु, तपाईंले जवाफ माग्नुभएको छ, म जवाफ दिन जाँदैछु, ‘सभामुख सापकोटाले भने, ‘माननीय सदस्यहरु, यसै बैठकमा प्रतिपक्षले उठाएको विषयमा मैले प्रचलित कानुनका आधारमा रहि निर्णय लिएको हुँ, हाल यो विषय सर्वोच्च अदालतमा विचाराधीन छ । नेपालको संविधानको धारा १०५ ले अदालतमा विचाराधीन विषयमा संघीय संसदको कुनै पनि सदनमा छलफल गर्न नसकिने बन्देज गरेको व्यहोरा जानकारी गराउँछु ।’

एमाले सांसदहरुले सभामुख सापकोटाको जवाफ नै नसुनि सभामुखविरुद्व ‘मुर्दावाद’ सम्मको नारा लगाए । निरन्तर एमालेले मुर्दावादको नारा लगाउँदै सदन अवरुद्व गरेपछि सभामुख सापकोटा आक्रोशित बनेका थिए ।

सभामुख सापकोटाले आक्रोशित हुँदै् ‘प्रतिनिधिसभा नियमावली २०७५ को नियम २१ को खण्ड ख, ग, र घ’का प्रावधानहरु सम्झाए । अझै एमालेले नाराबाजी कायम राखेपछि सभामुखले कारबाहीको चेतावनीसमेत थिए ।

के छ प्रतिनिधिसभा नियमावली २०७५ को नियम २१ को खण्ड ख, ग र घ मा ?

२१.छलफलमा भाग लिने सदस्यले पालन गर्नु पर्ने नियम :- बैठकमा हुने छलफलमा भाग लिने सदस्यले देहायका नियमको पालन गर्नु पर्नेछ
(ख) सभामुखले पद अनुकूल आचरण गरेको छैन भन्ने प्रस्तावको छलफलको क्रममा बाहेक सभामुखको आचरणको आलोचना गर्न नहुने,
(ग) सदन वा सभामुखको कुनै निर्णय बदर गरियोस् भन्ने प्रस्तावमाथि बोल्दाको अवस्थामा बाहेक सदन वा सभामुखको कुनै पनि निर्णयको आलोचना गर्न नहुने,
(घ) संविधानको धारा १०५ ले बहसमा बन्देज गरेका विषयमा छलफल गर्न नहुने ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा