आइतबार, कार्तिक ९ २०८३
ताजा अपडेट

ओली र देउवाको उद्देश्य मिल्छ मुलुक मध्यावधिमा जान्छ, मध्यावधि चुनाव भए प्रचण्ड-माधव पत्ता साफ !


  • बिहिबार, भाद्र २४ २०७८
14.3K
SHARES

फाइल तस्विर

अहिले राजनीतिक वृत्तमा प्रधानमन्त्री तथा काँग्रेस सभापति समेत रहेका शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष एमाले अध्यक्ष केपी ओलीको उद्देश्य मध्यावधि चुनाव घोषणा गर्ने भएको हल्ला चल्न सुरु भएको छ ।

शेरबहादुर देउवा नेतृत्वमा गठबन्धन सरकार छ । प्रचण्ड नेतृत्वको माओवादी केन्द्र एमाले बाट फुटेको माधव नेपाल नेतृत्वको समाजवादी पार्टी महन्त ठाकुर बाट फुटेको उपेन्द्र यादव पक्ष गठबन्धन सरकारमा छन् । तर दुई महिना बिती सक्दा पनि सरकारले पूर्णता पाएको छैन । गठबन्धनमा मन्त्री भागबन्डामै कुरा नमिलेर सरकारले पूर्णता नपाएका हल्ला पनि चलेका छन् ।

गठबन्धनमा काँग्रेस पार्टी सभापति शेरबहादुर देउवालाई प्रचण्ड माधव नेपालको दबाब धेरै भएको र गठबन्धन अगाडि लैजाने सवालमा एमसीसी पास गराउने कुरामा माधव प्रचण्ड विरुद्धमा गएका कारण गठबन्धन नरहने र शेरबहादुर देउवाले मध्यावधि चुनावमा देशलाई लैजाने अवस्था सृजना समेत हुन सक्ने आकलन हुन थालेका छन् ।

प्रमुख प्रतिपक्ष एमालेले पटक पटक चुनावमै जानु पर्ने बताई रहेका छन् । सभामुखले पार्टी फुटाउन भूमिका खेलेको आरोप लगाएको एमालेले संसद् पनि चल्न नदिने एमसीसी पनि सांसदबाट पास नहुने माधव प्रचण्ड लगायत नेताहरूले अनावश्यक देउवा लई प्रेसर सिर्जना गर्ने हो भने शेरबहादुर देउवाले पुन मध्यावधि चुनाव घोषण गर्न सक्ने बताइन्छ ।

काँग्रेस पार्टीको स्वार्थ पनि चुनावबाटै अनुमोदित भएर आउने रहेको र काँग्रेसका लागि पनि कम्युनिस्ट हरू फुटेको बेला जित निकाल्न सहज हुने बुझेका देउवाले मध्यावधि घोषण गर्न सक्ने बताइएको छ।

उता माधव नेपाल र प्रचण्ड भने मध्यावधिको पक्षमा छैनन् । भर्खर फुटेर समाजवादी पार्टी गठन गरेको माधव नेपाल समूह पनि जनतामा गई हाल्ने मनसायमा छैन । उता प्रचण्डले त झन् जनतामा यही अवस्थामा गए पत्ता साफ भईने कुरा राम्रै सँग बुझेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा