समाजिक संजाल सक्रिय रहने नेपाल सरकारका पूर्व सचिव समेत रहेका भिम उपाध्यायले नेकपा एसकी नेतृ रामकुमारी झाँक्रीलाई नेपालको पहिलो महिला प्रधानमन्त्री हुने घोषणा गरेका थिए तर उपाध्यायले प्रधानमन्त्री हुने घोषणा गरेको १५ दिन नपुग्दै रामकुमारी झाँक्रीलाई भने नसोचेको झड्का लागेकाे छ । झाँक्रीले प्रतिनिधित्व गर्ने जिल्लाबाट एकजना जनप्रतिनिधीले पनि साथ नदिए पछि उनको घोषणा मजाकमा परिणत भएको छ ।
नेकपा एमाले विभाजन गरेर नेकपा एकिकृत समाजवादी पार्टी बनाउँन सबैभन्दा हतारो गर्ने मध्येकी एक रामकुमारी झाँक्रीको चुरीफुरीले नमिठो धक्का खाएको हाे ।
नेताको प्रभाव कति छ भन्ने उसले प्रतिनिधीत्व गर्ने ठाउँबाट उसलाई समर्थन गर्ने जमात कति छ भनेर हेर्ने गरिन्छ । जनमतको प्यारोमिटरमा रामकुमारी झाँक्रीले नराम्रो झड्का भेटिकी छिन् ।
नेतृ रामकुमारी झाँक्रीको गृह जिल्ला गुल्मीका जनप्रतिनिधीले उनलाई एक जनाले पनी पत्याएनन् । गुल्मी जिल्लाका सबै जनप्रतिनिधीहरु एमाले विभाजन भएर बनेको नेकपा एसमा गएनन् उनीहरुले एमालेमै बस्ने फाइनन डिसिजन गरेका छन् ।
नेकपा एमालेका चर्चित हस्तीहरु प्रदिप ज्ञवाली र गोकर्ण विष्टको अगाडी रामकुमारी झाँक्रीको प्रभाव जिरो देखीएको छ । आफ्नै भुगोलमा कन्तविजोग भए पछि सामाजिक संजालमा यति खेर झाँक्री माथी खिसीट्युरी सुरु भएको छ । अब चर्का कुरा छोड्न भन्दै समाजिक संजाल प्रयोगकर्ताहरुले उनलाई गिज्जाएका छन्।
गत भदौ १ गते एमाले विभाजन भएपछि स्थानीय तहका जनप्रतिनिधिलाई एकीकृत समाजवादी पार्टी रोज्न निर्वाचन कार्यालयले भदौ २२ गतेसम्मको समय दिएको थियो।एमाले विभाजनपूर्व दुबै समूहका प्रभावशाली नेताहरू प्रदीप ज्ञवाली र गोकर्ण विष्टको गृह जिल्ला रहेको गुल्मीमा दुबै नेताहरू एमालेमै रहेपछि एकीकृत समाजवादीमा जाने जनप्रतिनिधिहरूको संख्या शून्य भएको हो।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।