काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको सरुवा भएको छ । गृहमन्त्रालयले मंगलबार प्रजिअ पराजुलीलाई हटाएर उनको ठाउँमा सहसचिव गोविन्द प्रसाद रिजाललाई प्रजिअको जिम्मा दिएको हो ।
पराजुली पूर्व प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिन्थे । पराजुलीलाई गृह मन्त्रालयको प्रशासन महाशाखामा सरुवा गरिएको गृह मन्त्रालयका एक उच्च अधिकारीले बताए ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा काठमाडौंका सिडिओ बनेका पराजुलीलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले मन्त्रालय तानेको हो।
पछिल्लो समय सिडिओ पराजुलीले काठमाडौंको चन्द्रागिरि रिसोर्टलाई स्वास्थ्य मापदण्ड पालना नगरेको भन्दै स्पष्टीकरण सोधेका थिए। नेकपा एमालेबाट विभाजन हुनुअघि गत भदौ ७ गते माधवकुमार नेपालसहित एमालेका केन्द्रीय सदस्य र सांसद रिसोर्टमा गएर दुई दिन बसेका थिए।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।