डडेल्धुराको अमरगढी नगरपालिका–९ का काँग्रेस सभापति नरबहादुर पालले काँग्रेसको किरिया गरेको खबर सार्बजनिक भएको छ।
क्रियाशील सदस्यता खारेज गरिएको भन्दै रुष्टबनेका उनले काँग्रेसको किरिया गरेको ईन्फो खबर अनलाईन पत्रीकामा समाचर छ।
‘नेपाली कांग्रेसको किरियाको मेरो पहिलो दिन,’ सोमबार उनले आफ्नो कपाल खौरेको २ वटा फोटो सामाजिक सञ्जाल फेसबुकमा राखेको फोटो समेत सार्बजनिक भएको छ ।
विगतदेखि आफूले पार्टीमा दिएको योगदानको अनादर भएको भन्दै उनले दुःख व्यक्त गरेका छन्। आइतबार सार्वजनिक भएको नेपाली कांग्रेसको क्रियाशील सदस्यता सूचिबारे डडेल्धुरामा विवाद उत्कर्षमा पुगेको छ।
सार्वजनिक नामावलीमा धेरै सदस्यको नाम हटाइएको नेपाली कांग्रेस डडेल्धुराले जनाएको छ। नाम हटाइएपछि वडादेखि जिल्ला अधिवेशन सुरु हुने छाँटकाँट देखिएको छैन। नेपाली काँग्रेस डडेल्धुराका कार्यालय सचिव राम विष्टका अनुसार ४ तहबाट प्रमाणित भएकाहरूको नाम हटाइएको छ।
वडा, पालिका, प्रदेशसभा क्षेत्र र जिल्ला कार्यसमितिबाट निर्णयसहित अनुमोदन गरिएका ४ सयभन्दा बढी सदस्यको नाम हटाइएको जानकारी उनले दिए। उनले जिल्लाबाट सिफारिस गर्दै नगरेकाहरूको नाम क्रियाशील सदस्यको सूचीमा समावेश गरिएको बताए।
कार्यसमितिले २ हजार ५ सय ६ नयाँ सदस्य तथा नवीकरणका लागि पुराना सदस्यको नाम गरेर ५ हजार ८ सय ४ जनाको सूची सिफारिस गरेको थियो। जसमध्ये ४ सय ४४ जनाको नाम छानबिन समितिले हटाएर पठाएको छ। डडेलधुरा सभापति शेरबहादुर देउवाको गृह जिल्ला समेत हो ।