शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

अब सभापति छोड्दिनँ, १३ औँ महाधिवेशनमा त्याग गरेँ अब कसैसँग सम्झौता हुँदैन : प्रकाशमान

अब म सभापतिमा कसैलाई छोड्नेवाला छैन, कुरा यही हो


  • मंगलबार, भाद्र २२ २०७८
15.7K
SHARES

तस्विरः फाइल

नेपाली काँग्रेसका  नेता पूर्व महामन्त्री  प्रकाशमान सिंहले यो महाधिवेशनमा सभापति कसैलाई त्याग नगर्ने बताएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट धेरै नेताले सभापतिमा दाबी गरिरहेका बेला सिंहले सभापतिमा कसैलाई नछाड्ने अडान एक अनलाईन पत्रीकाको अन्तरवार्ताको क्रममा दिएका छन् ।

आगामी मङ्सिर ९ देखि १३ गतेसम्म हुने १४ औँ महाधिवेशनमा पौडेल समूहले एकल उम्मेदवार तय गर्ने घोषणा गरेको छ । पौडेल समूहले भदौ १७ गते पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरेर साझा उम्मेदवार घोषणा गरिने सन्देश दिन खोजेको थियो । तर सिंहले १३ औँ महाधिवेशनमा सभापति र महामन्त्री दुवै पद त्यागेको भन्दै अब कसैलाई नछोड्ने बताएका छन् ।

१३ औँ महाधिवेशनमा सभापति र महामन्त्री दुवै छोडेको हो,’ सिंहले स्पस्ट संग भनेका छन्, ‘अब म सभापतिमा कसैलाई छोड्नेवाला छैन, कुरा यही हो ।’

गएको १३ औ महाधिवेशनमा   पनि महामन्त्री भइसकेको मान्छे सभापतिको स्वतः दाबी थियो नै तर रामचन्द्रजी शेरबहादुरको समकालीन हो । तपाईँ त होइन नि भन्ने कुरा मलाई लजिकल लाग्यो । मैले उहाँलाई त्याग गरेँ । मैले जिउ ज्यान लगाएर समर्थन गरेको थिएँ । तर रामचन्द्र दाइ सभापतिमा हार्नुभयो । मैले रामचन्द्र दाइका लागि मात्र होइन शशांक कोइरालाका लागि पनि छोडेको छु । मैले सभापति रामचन्द्र दाई लाई समर्थन गरेर महामन्त्री उठ्ने तयारी गरिरहेको थिएँ ।

तर, केही नेताहरू आएर महामन्त्री पनि भइसक्नुभयो, १३ औँ मा किन दोहोरिनुहुन्छ  बिपीको छोरा शशाङ्कले महामन्त्री इच्छा गरिराख्नुभएको छ । उहाँलाई समर्थन गर्नुहोस पार्टीलाई राम्रो हुन्छ भनेँ । म सहमत भएर महामन्त्री भएको मान्छे केन्द्रीय सदस्यमा लड्न गएर सशङ्कलाई पनि मैले १३ औ महाधिबेसनमै सहयोग गरेको छु । म शशाङ्कको प्रस्तावक बसेर महामन्त्रीमा जिताएँ । तर १३ औँ महाधिवेशनपछि मलाई सिनियर मान्छेले पार्टीको यस्तो दुर्दशा भइसक्दा के हेरेर बसेको भन्न थाल्नुभएको छ। त्यसैले म पार्टीको नेतृत्व गर्न चाहन्छु म सभापतिको उम्मेदवारीबाट पछि हट्ने कुरै छैन ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा