आइतबार, कार्तिक ९ २०८३
ताजा अपडेट

जुवातास खेलिरहेको अवस्थामा २१ जना पक्राउ


  • मंगलबार, भाद्र २२ २०७८
12.7K
SHARES

फाईल तस्बिर

काठमाडौँ महानगरपालिका-१६ बालाजु बसन्तनगर हिले टोल बस्ने भारत मोतिहारी घर भएका ३४ वर्षीय लाल बाबु गुप्ताको टहरोमा तास खेलिरहेको अवस्थामा गुप्ता सहित ७ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

टहरोमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधरमा महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ३१ हजार रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।

नवलपरासी(पूर्व), देवचुली नगरपालिका-१७ स्थित मणिराम महतोको कुमारवर्ती होटलमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३६ वर्षीय कमल महतो समेत ५ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ५० हजार ८ सय ५० रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

तनहुँ, ब्यास नगरपालिका-४ बस्ने मिन बहादुर गुरुङको घरमा तास खेलिरहेको अवस्थामा गुरूङ समेत ९ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख ३८ हजार ४० रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा