शनिबार, साउन ३० २०८३
ताजा अपडेट

देउवा सरकार घरको बाघ, वनको स्याल हो : ओली


  • सोमबार, भाद्र २१ २०७८
11.7K
SHARES

फाइल तस्विर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना नागरिक तुइनबाट खसालिँदा पनि सरकार चुइक्क बोल्न नसकेको बताएका छन् ।

युवा संघले सोमबार राजधानीमा गरेको कार्यक्रममा ओलीले तुइनबाट खसालेको भनेर प्रतिवेदन आउँदा पनि सरकारले केही बोल्न नसकेको बताए । भारतले यसबारे थाहा छैन भनेको भन्दै उनले अघि भने, ‘यो सरकारले थाहा दिन सक्दैन ।’

सडकमा आएका युवाहरुलाई लाठी बर्साउने सरकारले भारतसँग चुइक्क नबोलेको भन्दै उनले भने, ‘यसलाई भन्छ, घरको बाघ, वनको स्याल ।’

केपी ओलीले वर्तमान देउवा सरकार जनताले दुख पाउँदा अन्यायमा पर्दा चुइँक्क सम्म नबोलेको आरोप लगाएका छन् । एमालेको सरकार हुँदा विकासको फोहोरा छुटाएको बताउँदै अहिलेको सरकार सत्य कुरा बोल्न समेत डराएको आरोप लगाएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा