शनिबार, भाद्र २० २०८३
ताजा अपडेट

संखुवासभामा एकै परिवारका ६ जनाको हत्या


  • सोमबार, भाद्र २१ २०७८
9.2K
SHARES

फाईल तस्बिर

संखुवासभाको मादी नगरपालिका १ को उम्लिङमा एकै परिवारका ६ जनाको हत्या भएको छ।

प्रदेश नम्बर १ का प्रहरी प्रवक्ता तथा प्रहरी उपरीक्षक नवीनराज राईका अनुसार ६ जनाको हत्या भएको हो। एक जना घाइते रहेको उनले बताए।

‘६ जनालाई धारिलो हतियारले हानेर मारेको भन्ने खबर आएको छ। हाम्रो टोली भर्खरै पुगेको छ,’ उनले भने, ‘एक जना वृद्ध मान्छे जोगिएको हो कि भन्ने छ। उपचारको लागि ल्याउने प्रयास भएको छ।’

मादी नगरपालिका वडा नम्बर १का वडाध्यक्ष खेमनाथ कटुवालका अनुसार धारिलो हतियार प्रयोग गरी हत्या गरिएको हो।

उनका अनुसार ५७ वर्षीय टेकबहादुर कार्कीसहित ६ जनाको हत्या भएको हो।

८४ वर्षीया आमा पार्वता कार्की, ५८ वर्षीया श्रीमती मनमाया कार्की, २५ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाति दीपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्की मृत अवस्थामा भेटिएको उनले बताए।

‘मलाई नौ बजे घटनाबारे थाहा भयो। घर एकलासमा छ। के कसरी भएको हो अनुसन्धान भइरहेको छ,’ उनले भने,’छिमेकीले मलाई खबर गर्‍यो। मैले प्रहरीलाई खबर गरेँ।’

घाइते भएका वृद्ध आँखा देख्दैनन् भने कान पनि सुन्न नसक्ने वडाध्यक्ष कटुवालले बताए। उनको अवस्था सामान्य छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा