एमाले महासचिव ईश्वर पोखरेलले २०७५ जेठ २ जस्ताको त्यस्तै दोहोरिए नआउने टिप्पणी गरेका छन्। माधव नेपाललाइ लात मारेर एमालेमा बसेका नेताहरुले जेठ २ अनुसार १० बुँदे सहमति कार्यन्वयनको कुरा गरिरहेका बेला महासचिव पोखरेलले जस्ताको त्यस्तै कुनै हालतमा नहुने बताएका छन् ।
एमालेले आयोजना गरेको काभ्रे जिल्ला कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले जेठ २ गतेलाई आधारभूमत रुपमा हेक्का राखेर एकताको मर्म अनुसार पार्टी अगाडि बढ्ने बताए ।
महासचिव पोखरेलले भने जेठ २ जस्ताको त्यस्तै हुँदैन,फेरि दोहोरिए आउँदैन । हामी कानूनी हिसाबले एमाल भयौं तर जेठ २ भनेर बस्दा एकताको मर्म विपरित हुन्छ । आधारमूत रुपमा एकताको भावनालाई आत्मसात गरेर जेठ २ मा जाने कुरा हो ।
महासचिव पोखरेलले सांसद पद त्यागेर एकताको प्रक्रियामा उभिएका पूर्व माओवादी नेताहरुलाई कमजोर बनाउने वा हतोत्साही गराउने कुरा कुनै पनि हालतमा नहुने भन्दै उनले अहिलेको एमाले जेठ २ अघिको नभएको समेत प्रष्ट पारे ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।