एमाले नेता तथा पुर्ब मन्त्री गोकुल बास्कोटाले भ्रष्टाचार आरोप पुष्टि गरेर जेल सजाय दिन सरकारलाई चुनौति दिएका छन् ।
एमाले जिल्ला कमिटीले शनिबार बनेपामा आयोजना गरेको जिल्लास्तरीय बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै बास्कोटाले यसो भनेका हुन्।
सांसद तथा नेकपा एमालेका केन्द्रीय सदस्या समेत रहेका बाँस्कोटाले आफूमाथि लागेको आरोपको छानबिन गरी कारबाहीको दायरामा ल्याउन सरकारलाई चुनौती दिएका हुन्।
मप्रतिको आरोप पुष्टि गरेर जेलमा राख, म सजाय भोग्न तयार छुु, उनले एमाले कार्यकर्तालाई सम्बोधनका क्रममा भने।
बास्कोटामाथि सेक्युरिटी प्रिन्टिङ खरिदका लागि व्यापारी र विचौलियासँग कमिशन बार्गेनिङ गरेको आरोप लागेको थियो।
एकजना विचौलिया विजयप्रकाश मिश्रले बास्कोटाले कमिशन माग्दै गरेको अडियो सार्वजनिक गरेका थिए। यद्यपि उक्त सेक्युरिटी प्रिन्टर खरिद प्रक्रिया नै अघि बढेको थिए।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।