नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भक्तपुरको सूर्य विनायकमा पुगेर सोही क्षेत्रका सांसद महेश बस्नेतलाई ठुला कुरा नगरी आउने चुनाव जितेर देखाउन चुनौती दिएका छन् ।
देउवा नेतृत्व नेपाली काँग्रेस पार्टीको आजदेखि सुरु भएको वडा अधिवेशनको उद्घाटन गर्न सूर्य विनायक कटुन्जेमा पुगेका प्रधानमन्त्री समेत रेका देउवाले महेश बस्नेतको नाम लिँदै जिल्ला सभापति दुर्लभ थापालाई चुनाव हराएर देखाउन चुनौती दिएका हुन् ।
देउवाले भने, ‘कांग्रेस सशक्तरूपमा अघि बढेको छ । महेश बस्नेतजीले मलाई चुनाव लड्न चुनौती दिएछन् । बस्नेतजीले मलाई होइन भक्तपुरबाट हाम्रो पार्टी सभापति दुर्लभ थापालाई चुनाव हराएर देखाउनुस् ।’
केही समय अघी बस्नेतले भक्तपुरमा अब कांग्रेस शिला खोज्नुपर्ने भन्दै सभापति देउवालाई आफूसँग चुनाव लड्न चुनौती दिएका थिए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।