शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

युवा नेतृत्व हुनुपर्छ भन्ने बहसको सान्दर्भिकतानै अहिले छैन : प्रकाश शरण महत


  • शुक्रबार, भाद्र १८ २०७८
16.1K
SHARES

फाईल तस्बिर

पार्टी सभापति शेरबहादुर देउवा निकट सहमहामन्त्री डा प्रकाशशरण महतले एक अनलाई संग कुरा गर्दै युवा नेतृत्व हुनुपर्छ भन्ने बहसको सान्दर्भिकता छैन, पार्टीलाई जसले परिपक्व तरीकाले लैजान्छ उही नेतृत्वमा पुग्छ भन्ने बिचार राखेका छन् ।

उनले अहिलेको परिबेसमा युवा नेतृत्वमा हुनुपर्छ भन्ने बहस चलाउनु सान्दर्भिकता नभएको प्रस्ट पार्दै आफ्नो उम्मेदवारी महामन्त्री अथवा उपसभापति मा हुने समेत बताएका छन् ।

उनी आफू सल्लाह गरेरै अगाडि जाने बताउँदै संस्थापन समूहका उपसभापति निधिले सभापतिमा उम्मेदवारी दिएको सन्धर्भमा पछि सम्म फेरबदल हुन सक्ने सङ्केत गरेका छन् ।  केन्द्रीय महाधिवेशन हुने बेलासम्म संस्थापन समूह एकै ठाउँमा रहन सक्ने अवस्था रहेको दाबी पनि महतको छ ।

अहिले काँग्रेसको नेतृत्वको सरकार कसैले कल्पना नगर्दा नगर्दै पनि शेर बहादुर देउवा अब्बल भएकै कारण हातमा आएको जनाउँदै अब एक कार्यकाल सभापति देउवा नै नेतृत्वमा दोहोरिन चाहेको समाते स्पष्ट पारेका छन् ।

अहिले नेपाली कांग्रेसमा महाधिवेशनको सरगर्मी शुरु भएको छ । सभापतिका आकांक्षीहरु मात्रै होइन, पदाधिकारीहरुका आकांक्षीहरुले पनि उम्मेदवारी घोषणा गर्न थालेसँगै विभिन्न नेताहरूले आफ्ना धारण बाहिर ल्याउन थालेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा