प्रहरीले बहुमूल्य जडिबुटी यार्सागुम्बासहित ४ जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाले उनीहरुलाई बिहीबार सामाखुसीबाट पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुको साथबाट १ किलो ७ सय ग्राम यार्सागुम्बा बरामद गरेको छ ।
पक्राउ पर्नेहरुमा गोरखाकोको चुमनुब्री गाउँपालिकाका डुण्डुप गुरुङ, लमजुङको मर्स्याङ्दी गाउँपालिकाका बेलबहादुर थापा, लमजुङ बेंशी सहरका कृष्ण परियार र प्यूठान खलंगाका दानबहादुर जिसी रहेका छन् ।
प्रहरीले उनीहरु चारै जनालार्ए जिल्ला वन डिभिजन कार्यालय काठमाडौंलाई बुझाएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।