बिहिबार, कार्तिक ६ २०८३
ताजा अपडेट

काँग्रेस काठमाडौँ सभापतिमा बानियाको दोहोरिने चाहना तर सहज छैन जित निकाल्न


  • शुक्रबार, भाद्र १८ २०७८
10.5K
SHARES

तस्विरः फाइल

काँग्रेस काठमाडौँ जिल्ला सभापति रहेका सबुज बानियाँले फेरि नेतृत्वमा दोहोरिने चाहनासहित नेता कार्यकर्तासँग सल्लाह गरिरहेको समाचार बाहिरिए सँगै उनको फेरि काठमाडौँ काँग्रेसको सभापति हुने चाहाना प्रस्टै देखिनछ ।

तर पहिलाकै अवस्थामा जित सहज होला भन्ने अनुमान भने गर्न सकिँदैन । काठमाडौँ जिल्लाको नेतृत्वका लागि  क्षेत्रीय सभापति द्वय उपेन्द्र कार्की र राजु श्रेष्ठ, हरिहर अधिकारी, दामोदर खड्का र गौरी दवाडीको नाम अगाडि आएको छ ।

कार्की, श्रेष्ठ र खड्का सभापति शेरबहादुर देउवा निकट हुन् भने बानियाँ पूर्व महामन्त्री प्रकाशमान सिंह निकट मानिदै आएका छन् तर पछिललो समय देउवा समुहमा पनि बानियाँको बर्चस्व रहदै आएको जानकारहरु बताउछन् । अधिकारी र दवाडी काठमाडौँ जिल्ला पूर्व सभापति समेत रहेका पूर्व मन्त्री भीमसेन दास प्रधान निकट हुन् ।

नेता प्रकाशमानको प्रभाव काठमाडौंमा मजबुत रहेको पाईन्छ । लामो समय देउवासँगै रहेका कारण सिंहसँग नजिक रहेका काठमाडौंका नेता कार्यकर्ताको सम्बन्ध देउवासँग पनि रहेको बताइन्छ । १२ औं महाधिवेशन अघि प्रकाशमानले देउवा टीम छोडेका हुन् । काठमाडौं जिल्ला सभापति बानियाँ पनि तत्कालीन कांग्रेस प्रजातान्त्रिकमै थिए । पछि उनले देउवाको टीम छोडेका हुन् ।

काठमाडौंको नेतृत्व चयनमा देउवा समूह निर्णायक मानिन्छ । १२ औं महाधिवेशनमा देउवा समूहको सहयोगमा भीमसेनदास प्रधान सभापति निर्वाचित भएका थिए भने १३ औं महाधिवेशनमा देउवा समूहले प्रकाशमान निकट बानियाँलाई समर्थन गरेको थियो ।

अगिल्लो पटक देउवा समूहले प्रकाशमान निकट मानिएका सबुजलाई  सहयोग गरेर सभापतिमा विजयी गराएको दाबी गर्ने देउवा समूहका नेताहरू यो पटक आफ्नै समूहबाट सभापतिको जित निकाल्ने दाउमा छन् ।

सबुज बानिया बलियो अवस्थामै देखिए पनि जित निकाल्नको लागि सहज भने देखिँदैन । बनियाको  कार्यशैली प्रकाशमान निकट नेताहरुलाईनै मन नपरी रहेको एक नेता बत्ताउँछन् । सबुज बानिया प्रकाशमान निकट नै हुन तर उनको अन्य प्रकाशमान निकट रहेर काम गर्ने कार्यकर्तालाई गर्ने व्यवहार फरक परेको आफ्नालाई बाइपास गर्ने आरोप बानियाले खेप्दै आएका छन् ।

एक प्रकाशमान निकट स्रोतका अनुसार  १२ औँ महाधिवेशन अघि प्रकाशमानले देउवा टिम छोडेका थिए । तर काठमाडौँ जिल्ला सभापति बानियाँ यो भन्दा अगाडि प्रकाशमानको सहयोगमा सभापति जितेको तर पनि तत्कालीन काँग्रेस प्रजातान्त्रिकमै जस्तो शेरबहादुर तिरै झुकाव रहेकाले चुनाव जित्न सकस पर्ने बताउँछन्।

उनी अहिले पनि प्रकाशमानकै मान्छे भन्छन् तर झुकाव शेरबहादुर तिर रहेकाले शेरबहादुर र प्रकाशमान फरक धारमा बाँडिए भने सबुजलाई मत हाल्ने मान्छे बाँडिने र सभापति जित्न सकस पर्ने बताउँछन्  ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा