शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

पौडेल पक्ष बाट प्रकाशमान सभापतिको साझा उम्मेदवार भए देउवालाई लाग्न सक्छ झड्का !


  • शुक्रबार, भाद्र १८ २०७८
29.1K
SHARES

शेरबहादुर देउवा/ प्रकाशमान सिंह

आफूलाई नेचुरल रूपमै सभापतिको उम्मेदवार भएको  बताउने प्रकाशमान सिंह पौडेल समुहबाट साझा उम्मेदवार भएर आए भने पार्टीमा बलियो पोजिसनमा हुँदा हुँदै पनि शेर बहादुर देउवालाई महाधिवेशनमा गारो पर्न सक्ने सम्भावना छ ।

नेपाली काङ्ग्रेसका शीर्ष नेताहरूमध्ये एक हुन् सिंह।  उनी सुशील कोइराला मन्त्रिमण्डलमा उप प्रधानमन्त्री, स्थानीय विकास तथा सङ्घीय मामिला मन्त्री भएका थिए । हकि स्वभाव भएका प्रकाशमान पार्टीलाई विधि र पद्धतिको पक्षमा हिँडाउनु पर्छ भन्ने कुरामा जोड दिन्छन् ।

उनको अर्को सशक्त पाटो नेपालको ऐतिहासिक राजनीतिक परिवर्तनमा नेतृत्वदायी भूमिका खेलेका लौह पुरुष गणेशमान सिंहका छोरा समेत हुन्। तर उनी आफै भने गणेशमानको छोरा भएर हैन पार्टीको तल्लो तह देखि माथिल्लो तह सम्म खेलेको भूमिकाले आसन्न महाधिवेशनमा सभापतिको उम्मेदवार आकाङ्क्षी रहेको बत्ताउँछन् ।

काँग्रेस काठमाडौँ जिल्ला कार्यसमिति सभापति हुँदै केन्द्रीय सदस्य, महामन्त्री हुँदै उपसभापति सम्मको जिम्मेवारी सम्हालिसकेका सिंहले उपप्रधानमन्त्रीको समेत जिम्मेवारी पूरा गरेको उनको सबल पक्ष छ ।  तथ्याङ्क शास्त्रमा स्नातकोत्तर तह उत्तीर्ण गरेका सिंह भ्रष्टाचार लगायत विवादमा नतानिएका निष्कलङ्क  मानिन्छन् ।

गुट झाँगिने कुरा सभापतिमा भर पर्ने तर्क राख्ने सिंह कार्यकर्ता माझ पनि पपुलर छन् । पार्टीलाई गति दिन नम्बर वान म्यान  हुन चाहेका सिंहले वर्तमान सभापति शेरबहादुर देउवालाई पनि राम्रै सँग नजिकबाट नियालेका छन् ।

२०५९ सालमा नेपाली कांग्रेसलाई फुटाएर नेपाली काँग्रेस प्रजातान्त्रिक गठन गरेर  सभापति भएका देउवाको उपसभापति भएर नजिकबाट देउवा स्वयम लाई सहयोग गरेका सिंहलाई देउवाको आनि-बानी अरू नेताहरूलाई भन्दा नजिकबाट उनै लाई थाहा भएको एक जानकार बताउँछन् ।

पौडेल समूहमा रामचन्द्र पौडेल स्वयम् सभापतिको आकाङ्क्षी हुन तर पौडेलाई सिंहले रिझाए भने सो समूहमा प्रकाशमान सबैभन्दा सिनिएर लिडर हुन । उनले सबैलाई समेट्ने तागत पनि राख्छन् । तर उनको नीति र सिद्धान्त नछोड्ने अडिग भएर उभिने बानीले कहिले काई आफ्नै कार्यकर्ता रुष्ट हुन सक्ने एक जानकार बताउँछन् ।

एक काँग्रेस नेता नाम नबताउने सर्तमा भन्छन्, आसन्न   महाधिवेशनमा पौडेल पक्षबाट प्रकाशमानलाई सभापतिको उम्मेदवार बनाउने हो भने शेर बहादुर देउवालाई झड्का लाग्न सक्छ । अहिल्यै जितिहाल्छन् भन्ने त हैन तर झड्का अवश्य लाग्छ ।

पार्टीमा बलियो अवस्थामा रहे पनि शेर बहादुर देउवा जनतामा धेरै लोकप्रिय छैनन् ।  पौडेलको अवस्था पनि जनतामा झन् राम्रो छैन । रामचन्द्र पौडेल चुनाव समेत हारेका नेता हुन । यदि पौडेल समूहमा एक वा सो भन्दा बढी सभापतिमा उठ्ने हो भने स्वतः शेरबहादुर देउवाले सभापति जित्ने अवस्थामा रहेका छन् ।

रामचन्द्र पौडेलाई कोइराला परिवार तथा स्वयम् प्रकाशमानले पनि सजिलै सहमति दिएर सभापति बनाउने स्थिति नरहेको अवस्थामा रामचन्द्र पौडेललाई चुनावपछि प्रधानमन्त्री या राष्ट्रपतिको को अवसर दिने निश्चित गरेर प्रकाशमानलाई अघि बढाउने हो भने सभापति जित्ने सम्भावना प्रकाशमानको  रहेको देखिन्छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा