शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

एमसीसी पास गर्न लागेपछि भिम रावल आगो !


  • शुक्रबार, भाद्र १८ २०७८
11K
SHARES

फाइल तस्विर

मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) फेरी चर्चामा आएको छ । नेपालको संसदबाट एमसीसी पास गर्नका लागि अमेरिकी प्रतिनिधि समेत नेपाल आउन लागेपछि यसको तरङ्ग संसारभर गएको छ ।

एमसीसीको कट्टर विराधीको रुपमा चिनिएका नेकपा एमालेका उपाध्यक्ष भिमबहादुर रावल आक्रामक बनेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले तुरन्तै एमसीसी पास गर्न लागेको सूचना पाएपछि उनी आक्रामक भएको हुन् ।

उपाध्यक्ष रावलले एमसीसीकी उपाध्यक्षलाई नेपाल बोलाएर एमसीसी पास गराउँन षड्यन्त्र देउवा सरकारले गरेको भन्दै कडा शब्दमा आपत्ती जनाएका छन् । यो सरकारलाई देशलाई दिर्घकालिन असर पर्ने सम्झौता गर्ने जनादेश नरहेको भन्दै रावलले सचेत गराएका छन् ।

नेपालमा द्वन्द्व पछिको अस्थीर राजनीतिक स्थितमा एकसीसी सम्झौताको चाँजो मिलाइएको र अहिले फेरि राजनीति अस्थीर बनेका बेला एमसीसी उपाध्यक्षलाई बोलाएर सम्झौता अगाडि बढाउने षड्यन्त्र भइरहेको रावलको भनाइ छ।

एमाले उपाध्यक्ष रावलले वर्तमान सरकार जनबाट अनुमोदित सरकार नभएको पनि बताएका छन्। अहिलेको सरकारलाई देशलाई दीर्घकालीन असर पार्ने सम्झौता गर्ने जनादेश नभएको रावलको भनाइ छ।

बिहीबार बेलुकी सामाजिक सञ्जालमा एक सन्देश लेख्दै रावलले भनेका छन्, ‘नेपालमा द्वन्द्वपछि अस्थिर राजनीतिक स्थितिमा एमससी सम्झौताको चाँजो मिलाइयो। फेरि अहिले अस्थिर राजनीतिक वातावरणमा एमसीसीकी उपाध्यक्षलाई बोलाई राष्ट्रघाती सम्झौता अघि बढाउने षड्यन्त्र हुँदैछ।सरकार जनअनुमोदित होइन। देशलाई दीर्घकालीन असर पार्ने सम्झौता गर्ने जनादेश सरकारलाई प्राप्त छैन।’

एमाले उपाध्यक्ष रावलले आफ्नो सामाजिक संजाल फेसबुकमा लेखेका छन्, ‘नेपालमा द्वन्द्व पछिअस्थिर राजनीतिक स्थितिमा एमससी सम्झौताको चाँजो मिलाइयो । फेरी अहिले अस्थिर राजनीतिक वातावरणमा एमसीसीकी उपाध्यक्षलाई बोलाई राष्ट्रघाती सम्झौता अघि बढाउने षडयन्त्र हुदैछ।सरकार जनअनुमोदित होइन।देशलाई दीर्घकालीन असर पार्ने सम्झौता गर्ने जनादेश सरकारलाई प्राप्त छैन।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा