शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

उपेन्द्र यादवले भने– भदौ २२ पछि हामी सरकारमा जान्छौँ


  • बिहिबार, भाद्र १७ २०७८
10.2K
SHARES

उपेन्द्र यादव । तस्विरः फाइल

जनता समाजवादी पार्टी(जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले भदौ २२ गतेपछि मात्र पार्टी सरकारमा सहभागी हुने स्पष्ट पारेका छन् ।

बिहीबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै यादवले कठिन अवस्थामा बनेको सरकारले २२ गते पछि पूर्णता पाउने पनि बताए ।

गठबन्धन दलहरुबीच मन्त्रालय बाँडफाँड विषयमा कुनै विवाद नरहेको उनले जानकारी गराए ।

गठबन्धन दलबीच भएको सहमतिअनुसार नै सरकार सञ्चालन भएको भन्दै उनले सरकार सञ्चालनका विषयमा शीर्ष नेताबीच छलफल भइरहेको बताए ।

उनले महन्थ ठाकुरलाई अरु कसैले प्रयोग गरिरहेको आरोप पनि लगाएका छन् । अध्यक्ष यादवले आफ्नो पार्टीले महन्थ नेतृत्वको लोसपासँग कुनै प्रतिस्पर्धा नहुने जिकिर गरे ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा