सोमबार, कार्तिक १० २०८३
ताजा अपडेट

२३ गते नकटाइकन वडा अधिवेशन गर्छौं : काठमाडौं जिल्ला सभापति बानियाँ


  • बिहिबार, भाद्र १७ २०७८
9.7K
SHARES

फाइल तस्विर

नेपाली कांग्रेसको वडा अधिवेशन शुक्रबार (भदौ १८ गते)देखि सुरु हुँदै छ ।

तर राजधानी काठमाडौंसहित कतिपय जिल्लाको क्रियाशील सदस्यताको सूची अझै सार्वजनिक भएको छैन । सूची सार्वजनिक नभएका जिल्लामा भदौ १८ गते नै वडा अधिवेशन नहुने भएको छ ।

पार्टी केन्द्रीय कार्यालयले सदस्यताको सूची सार्वजनिक नगरेकाले भदौ १८ गते नै काठमाडौंमा वडा अधिवेशन सुरु नहुने जिल्ला सभापति सबुज बानियाँ बताउँछन् ।

उनले भने, ‘आज साँझसम्ममा सूची सार्वजनिक भयो भने २३ गतेभित्रै वडा अधिवेशन गरिसक्ने तयारीमा छौं ।’ काठमाडौंमा समायोजनको काम नटुंगिएकाले सूची सार्वजनिक गर्न ढिलाइ भएको उनको भनाइ छ ।

‘सदस्यताको सूची सार्वजनिक नभएका जिल्लाका साथीहरुले २३ गते नकटाइकन कसैले २०, कसैले २१ गते वडा अधिवेशन गर्ने तयारी गरेकाछन्, हामी पनि त्यस्तै तयारीमा छौं,’ बानियाँले भने । भदौ १८ मा अधिवेशन हुन नसकेका वडाहरुमा अर्को मिति तोक्ने अधिकार निर्वाचन अधिकृतलाई दिइएको छ ।

काठमाडौं जिल्लाका कांग्रेसका एक नेताले सूची सार्वजनिक नहुँदा महाधिवेशनको माहोल नै नबनेको बताए । उनले भने, ‘राजधानी काठमाडौंको माहोलले धेरै ठूलो अर्थ राख्छ, तर यहीं पूर्वनिर्धारित मितिमा वडा अधिवेशन नहुने भयो ।’

क्रियाशील सदस्यताको विवाद नटुंगिदा पटक–पटक कांग्रेसको महाधिवेशनको कार्यतालिका संशोधन हुँदै आएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा