राजनीतिमा असम्भव केही छैन भन्ने गरिन्छ । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओली नजिकिन थालेको समाचार बाहिरीन थालेपछि प्रचण्ड र माधव नेपालको टाउको दुखाई हुने नै भयो ।
अहिले शेरबहादुर देउवा र ओली फेरि नजिकिन थालेका छन् । उनीहरुबीच गठबन्धन बनाउने प्रयास चलेको हो या के हो भन्न सकिने अवस्था नरहे पनि सबन्ध सुधार गर्ने मनसायमा देउवा छन्।
विगतमा पनि यी दुई नेताबिच अघोषित गठबन्धन भएका समाचार आएकै हुन । कतिपय राजनीतिक र संवैधानिक नियुक्तिहरूमा भद्र सहमति बनाएर बढेको घटना ताजै छन् । अहिलेको अवस्थामा गठबन्धनमा प्रचण्डको र माधव नेपालको प्रेसर धेरै भएको कारण ओली सँग देउवाले सबन्ध अगाडि बढाएर राष्ट्रिय सहमतिको सरकार बनाउँदै चुनावमा जाने देउवाले रणनीति बनाए प्रचण्ड माधव नेपाल हरू चुनावमा पराजित हुने निश्चित प्राय छ ।
देउवा र ओलीबीच गठबन्धन बन्न सक्ने खास मुद्दा अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीमा पनि हो । एमसीसी संसदबाट पारित गराउने पक्षमा देउवा र ओली दुवै छन् ।
तर, सत्ता गठबन्धनका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल विपक्षमा छन् । उनीहरु संशोधनविना एमसीसी पारित गर्न नहुने पक्षमा खुलिसकेका छन् । अब ओलीको साथ विना एमसीसी पारित गर्न देउवा सफल नहुने देखिएको छ । यसकारण पनि यी दुई नेताबीच गठबन्धन बन्न सक्छ ।
देउवा र ओली धर्मबारे उठिरहेको मुद्दाको सम्बोधनको पक्षमा सकारात्मक देखिएका छन् । दुवै नेता खुलेका छैनन् तर उनीहरुको भूमिकाले त्यस्तै सन्देश दिइरहेको छ । तर, सत्ता गठबन्धनका प्रचण्ड, माधवकुमार नेपाल र उपेन्द्र यादव तीनैजना धर्मनीरपेक्षको रक्षाका लागि खुलेका छन् । यो विषयले पनि सत्ता गठबन्धनभित्र विस्तारै टकराव आउन सक्ने देखिएको छ । देउवा ओलीसँग नजिकिने अवस्था यसकारण पनि बन्ने सम्भावना छ ।
२०७४ सालको आमनिर्वाचन अघि प्रचण्ड र देउवाबीच गठबन्धन थियो । पछि प्रचण्ड ओलीसँग मिले । स्थानीय चुनावताका देउवासँग गठबन्धन गरेर सरकारको नेतृतव गरेका प्रचण्डले आमनिर्वाचन हुँदा ओलीसँग सहमति गरेर देउवालाई अप्ठ्यारोमा पारेका थिए ।