पार्टी विभाजन हुनुभन्दा पहिले बागमती प्रदेशमा एमाले एक्लैको बहुमत थियो । विभाजन हुने निश्चित भएपछि ओलीले रातारात आफ्नो सबैभन्दा धेरै आलोचना गर्ने नेत्री अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाए तर विभाजन रोकिएन । १२ जना सांसदले समाजबादी रोजेपछि स्पष्ट शाक्य अल्पमतमा छन् ।
स्पष्ट अल्पमतमा परेकी बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सजिलै मुख्यमन्त्री नछाड्ने तर समय रहुन्जेल कुर्सीमै रहिरहने सङ्केत गरेकी छन् । बरु सरकार टिकाउन जुनसुकै हतकण्डा अपनाउने तिर उनको रणनीति देखिन्छ । जुनसुकै हतकण्डा अपनाए पनि सरकार भने अल्पमतमा परि सकेको छ । यदि समाजवादी का अध्यक्ष स्वयमले तथास्तु भनेको खण्डमा मात्र सरकार टिक्ने थियो तर माधव नेपालले अष्टलक्ष्मीलाई सहयोग गर्ने पक्षमा छैनन् ।
बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफू पार्टी विभाजनका पक्षमा कहिल्यै नरहेकोे स्पष्ट गरेकी छन् । नेकपा (एमाले) वाग्मती प्रदेश संसदीय दलको बैठकमा उनले नेपालको कम्युनिष्ट आन्दोलनमा आफू लागेदेखि नै कम्युनिष्ट एकताका निम्ति आवाज उठाउँदै आएको बताइन्। “म पार्टी विभाजनका पक्षमा हिजो पनि थिइनँ, आज पनि छैन”, मुख्यमन्त्री शाक्यले भनिन् ।
आउने दिनमा संविधानअनुसार सरकार सञ्चालन गर्ने बताउँदै उनले पार्टी विभाजनले प्रदेश र मुलुककै लागि दुःखद् भएको बताइन् । मुख्यमन्त्रीले दल परिवर्तन गर्ने प्रदेशसभा सदस्यसँग तथा अन्य दलसँग समेत वार्ता गरी आफ्नो सरकारलाई टिकाउन प्रयास अन्तिम सम्म गर्ने उनको भनाई थियो।
माधव नेपाल एमालेमै रहँदा माधव नेपाल खेमामा रहेर अध्यक्ष केपी ओलीको सबैभन्दा धेरै आलोचना गर्ने नेत्री मध्य मुख्यमन्त्री शाक्य एक नम्बरमै पर्छीन । तर अहिले मुख्यमन्त्री पाएपछि माधव नेपाललाई एकाएक छोडेर पदमा बस्दा उनलाई अवसर वादी पद पाए पछि माधव नेपाल लाई धोका दिएको सम्म माधव पक्षले भन्न भ्याएका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।