आइतबार, कार्तिक ९ २०८३
ताजा अपडेट

ओलीले केन्द्र सत्ता जोगाउन नसक्दा सातै प्रदेशमा ओली नेतृत्वको एमाले पत्ता साफ !


  • बुधबार, भाद्र १६ २०७८
10.6K
SHARES

तस्विरः फाइल

केन्द्रमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्व रहेको सरकार आफ्नै जिद्दी स्वभावका कारण जोगाउन नसक्दा सातै प्रदेशमा एमाले नेतृत्वको सरकार पत्ता साफ हुने निश्चित प्राय भएको छ ।

केन्द्रबाट सत्ता बाहिर भएको नेकपा एमाले अब प्रदेशमा पनि एकपछि अर्को हुँदै नेतृत्व बाट बाहिर हुने भएको छ । पहिले केन्द्र र चार वटा प्रदेशमा एमालेको नेतृत्व रहेका थियो ।

केन्द्रमा ओलीले सत्ता बचाउँन नसकेपछि गडण्की प्रदेशमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेलको मुख्यमन्त्री पद गुमी सकेको छ ।

अब बाकि रहेको प्रदेश १ र बागमती प्रदेशमा एमालेका भीम आचार्य र अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री छन, तर दुबै जना अल्पमतमा छन र मुख्यमन्त्रीबाट राजिनामा दिनुको कुनै विकल्प छैन । यो संगै केन्द्र र सबै प्रदेश एमाले नेतृत्व  बिहिन हुने निश्चित प्राय भईसकेको छ ।

बागमती प्रदेशमा ओलीले रातारात अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाएर पार्टी फुट्नबाट जोगाउने प्रयास गरेका थिए तर माधव नेपालको पार्टीमा १२ जना सांसद गएपछि शाक्य अल्पमतमा छन् ।

त्यस्तै प्रदेश नम्बर १ मा पनि भीम आचार्यलाई मुख्यमन्त्री बनाएको एक हप्ता नबित्दै १० जना सांसद समाजवादीमा गएपछि भीम आचार्यको सरकार अल्पमतमा परेको छ । समग्रमा केन्द्रबाट सत्ता बाहिरिएको एमाले सातै प्रदेशबाट बाहिरिने निश्चित भएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा