बितेको २४ घण्टामा देशभर २ हजार ५२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बुधबारको पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । यसैगरी सोही अवधिमा ३ हजार ३० जना कोरोना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयको तथ्यांकमा कोरोना संक्रमित भन्दा निको हुने बढी देखिएको हो । बितेको २४ घण्टामा १४ हजार ९३५ जनामा कोरोना परीक्षण भएको थियो
यस्तै बितेको २४ घण्टामा २० जनाले ज्यान गुमाएको समेत मन्त्रालयले जनाएको छ। यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ७७० जना पुगेको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।