शनिबार, साउन ३० २०८३
ताजा अपडेट

कानुन मन्त्री कार्कीले किन भेटे एमाले अध्यक्ष ओलीलाई उनकै निवासमा गएर ?


  • बुधबार, भाद्र १६ २०७८
11.3K
SHARES

फाइल तस्विर

कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमाले अध्यक्ष ओलीसँग भेटेर संसद् अधिवेशन सञ्चालनदेखि बजेट र अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसिसी सम्मका विषयमा कुराकानी गरेको स्रोत बताउँछ । मन्त्री कार्कीले ओली निवास बालकोटमै गएर प्रमुख प्रतिपक्षी दलका नेतालाई भेटेका थिए ।

दुई महिनाअघि सरकार बनेपछि कुनै पनि मन्त्रीले एमाले अध्यक्ष ओलीसँग भेट गरेको यो नै पहिलो पटक हो। कार्कीले मंगलबार साँझ ७ बजे भेटेका हुन्।

त्यसअघि कार्कीले दिउँसो साढे ३ बजे एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङसँग भेटवार्ता गरेका थिए। समसामयिक विषयमा राम्रै छलफल भएको र लोकतन्त्रलाई सुदृढ पार्दै संसदलाई प्रभावकारी बनाउने कुरा भएको स्रतको भनाई छ ।’

अमेरिकी सहयोग एमसिसी लामो समयसम्म प्रतिनिधिसभाबाट अगाडि बढ्न सकेको छैन। त्यस्तै ओली सरकारले अध्यादेशबाट ल्याएको बजेट भदौ ३० गतेसम्म प्रतिस्थापन विधेयकमार्फत् सरकारले पास नगरे खारेज हुने अवस्थामा पुगेको छ। सरकारले अहिले नयाँ बजेटको तयारी गरिरहेको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा