शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

निर्वाचन आयोग पनि संविधान र कानुनको राजमार्गमा हिँड्न छाड्यो, सभामुख त झन् भिरै भिर कुद्दै छन् : ओली


  • बुधबार, भाद्र १६ २०७८
15.9K
SHARES

फाइल तस्विर

मुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाले राजनीतिलाई कुबाटोमा हिँडाउन खोजेको आरोप लगाएका छन् ।

नेकपा (एमाले) झापा–काठमाडौं सम्पर्क समितिले मंगलबार काठमाडौंमा आयोजना गरेका कार्यक्रममा ओलीले सभामुख सापकोटा राजनीतिको राजमार्गबाट नहिँडी कान्ला र भीरको बाटो हिँडेको टिप्पणी गरे ।

उनले निर्वाचन आयोग पनि संविधान र कानूनको राजमार्गमा हिँड्न छाडेको बताए । अध्यक्ष ओलीले अदालतमा बसेपछि जे पनि गर्न सकिने जस्तो भइरहेको पनि टिप्पणी गरे ।

‘राजनीतिलाई कुबाटोबाट हिँडाउन खोजिएको छ । राजमार्गबाट सभामुख हिँड्न मान्दैनन् । बाटाबाट हिँड्न मान्दैनन् । कान्ला–कान्ला, भीरभीर कुद्छन् । निर्वाचन आयोग संविधानको, कानूनको राजमार्ग छ त्यो राजमार्ग छोडेर भित्तातिर ठोक्किन जान्छ । सम्मानित अदालतको कुरै नगरौँ । त्यहाँ बसेपछि त जे गर्दा पनि हुन्छ,’ ओलीले भने, ‘हामी ती कुराहरुलाई स्वीकारेर, मानेर लोकतन्त्रप्रति चिन्ता गरिरहेका छौं । चिन्ता लोकतन्त्रको भविष्यप्रति गरिरहेका छौं । किनभने लोकतन्त्रको भविष्य हाम्रो बलिदानसँग जोडिएको छ ।’

नेकपा एमाले विभाजनअघि ओलीले आफ्नो पार्टीका १४ सांसदलाई ह्वीप उल्लंघनको आरोपमा दलबाट निष्कासन गरी संसद सचिवालयमा जानकारी गराएका थिए । तर सभामुखले नेकपा एकीकृत दर्ता भइसकेपछि ती सांसदहरुलाई कारबाही गर्न नपर्ने भनी निर्णय दिएका थिए । एमालेले सभामुखले समयमा निर्णय नदिएर दल विभाजनमा भूमिका खेलेको आरोप लगाउँदै आएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा