शनिबार, साउन ३० २०८३
ताजा अपडेट

झालनाथको राम कहानी : नेपाल छोड्दा एमाले वरिष्ठ नेता, फर्किँदा समाजवादी वरिष्ठ नेता


  • मंगलबार, भाद्र १५ २०७८
11.3K
SHARES

फाइल तस्विर

पूर्व प्रधानमन्त्री झालनाथ खनाल उपचारको क्रममा लामो दिल्ली बसाइपछि नेपाल फर्किएका छन् । गत २ असारमा उपचारका लागि दिल्ली प्रस्थान गरेका खनाल सोमबार स्वदेश फर्किए ।

स्वदेश फर्कँदा गजबको संयोग भयो । उनी गत असारमा दिल्ली जाँदा एमाले वरिष्ठ नेता थिए तर फर्किदा समाजवादीका वरिष्ठ नेता भएर विमानस्थलमा अवतरण भए । उनको उपचार पनि सफल भयो तर उपचार गरेर फर्किदा पार्टी परिवर्तन भएको छ ।

एमालेका वरिष्ठ नेताको हैसियतमा दिल्ली हिँडेका खनाल फर्किंदा एमाले दुई टुक्रा भइसकेको छ । उनी एमालेबाट विभाजित भएको नेकपा एकीकृत समाजवादी पार्टीका नेताको रुपमा रहे । सोमबार स्वदेश फर्किएका खनालको स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरु थिए ।

तर, विदाइ गर्दा नर्भिक अस्पताल पुगेर स्वास्थ्य लाभ गरेका ईश्वर पोखरेलसहित एमालेका नेताहरु विमानस्थलमा देखापरेनन् । २ असारमा थप उपचारका लागि दिल्ली जाने भएपछि एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको सन्देश बोकेर नर्भिक अस्पताल पुगेका ईश्वर पोखरेललाई भावुक हुँदै खनालले पार्टी एकता गर्न भनेका थिए । दिल्ली उड्नु अघि अध्यक्ष ओलीलाई सन्देश दिँदै खनालले भनेका थिए, ‘कमरेड, म फर्केर आउँछु कि आउँदिन, पार्टी बचाउनुहोस् ।’

‘जनताको चाहना र अपेक्षाविपरीत हामीमा देखिएको अनेकौं गलत प्रवृत्तिहरु, बदलाको भाव र अनावश्यक ईगोका कारण पार्टी जीवनमा यतिखेर गम्भीर संकट उत्पन्न भएको छ’, दिल्ली उड्नु अघि खनालले पार्टी एकताका लागि जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा