आइतबार, कार्तिक ९ २०८३
ताजा अपडेट

विश्वभर चलिरहेको खोप अभियानका लागि चुनौती, कोरोनाको अझ बढी सङ्क्रामक नयाँ भेरियन्ट फेला


  • मंगलबार, भाद्र १५ २०७८
5.4K
SHARES

फाइल तस्विर

कोरोना महामारी फैलाउन जिम्मेवार सार्स–कोभ–टू को नयाँ भेरियन्ट फेला परेको छ । सबैभन्दा पहिले दक्षिण अफ्रिकामा पाइएको यो भेरियन्ट विश्वका अन्य मुलुकहरूमा फैलिएको पाइएको हो । यो भेरियन्ट थप सङ्क्रामक र खोपको असरबाट बच्ने बताइएको छ । भाइरोलोजिस्टका अनुसार यो म्युटेसन विश्वभर चलिरहेको खोप अभियानका लागि चुनौती बनेको छ ।

दक्षिण अफ्रिकाको नेशनल इन्सटीट्यूट  फर कम्युनिकेबल डिजज (एनआईसीडी) र क्वाजुलु–नेटाल रिसर्च इनोवेसन एन्ड सिक्वेन्सिङ प्ल्याटफर्म (केआरआईएसपी) का वैज्ञानिकका अनुसार यो वर्षको मे महिनामा पहिलोपटक सी.१.२ भेरियन्टको बारेमा पत्ता लागेको थियो । १३ अगस्तसम्म यो भेरियन्ट चीन, रिपब्लिक अफ कंगो, मरिसियस, बेलायत, न्यूजिल्याण्ड, पोर्चुगल र स्वीटजरल्याण्डसम्म फैलिसकेको थियो ।

वैज्ञानिकहरुले भाइरसको यो भेरियन्टलाई भेरियन्ट अफ इन्ट्रेस्ट हुनसक्ने बताएका छन् । डब्लूएचओका अनुसार भाइरसको ट्रान्समिसन, गम्भीर लक्षण, इम्युनिटीलाई झुक्याउन सक्ने र डायग्नोसिसबाट बच्ने क्षमता देखाउने भाइरसको भेरियन्टलाई भेरियन्ट अफ इन्ट्रेस्ट श्रेणीमा राखिन्छ । एक अध्ययनमा सी.१.२ पहिले फेला परेको सी.१ भेरियन्टभन्दा निकै म्युटेट भइसकेको छ । दक्षिण अफ्रिकामा कोरोनाभाइरसको पहिलो लहरका लागि सी.१ भेरियन्टलाई जिम्मेवार मानिन्छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा