नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल निवास बोहराटारमा इतर पक्षीय नेताहरुको बैठक बसिरहेको छ । बैठकमा १४ औं महाधिवेशनमा इतर पक्षबाट सभापतिको साझा उम्मेदवार तय गर्न नेताहरुबीच सहमति जुटाउने प्रयास हुनेछ ।
महाधिवेशनको मिति नजिकिँदै गर्दा काँग्रेसभित्र सभापतिका आकांक्षी एक दर्जनको हाराहारीमा रहेका छन् भने त्यसमा पनि इतर पक्षमा सबैभन्दा धेरै रहेका छन् ।
सभापतिको आकांक्षीमा इतर पक्षबाट पौडेलसहित नेताहरु प्रकाशमान सिंह, शशांक कोइराला, शेखर कोइराला, अर्जुन नरसिंह केसीदेखि रामशरण महतसम्म रहेका छन् । उनीहरु मध्येबाट एक जना साझा उम्मेदवार तय गर्नका लागि नेताहरु छलफलमा जुटेका हुन् ।
काँग्रेस नेता पौडेलका स्वकीय सचिव चिरञ्जिवी अधिकारीले शीर्ष नेताहरुबीचको बैठक बसिरहेको पुष्टि गर्दै महाधिवेशन र सभापतिको साझा उम्मेदवार तय गर्नेबारे छलफलको एजेण्डा रहेको बताए ।
बैठकमा पौडेलसहित सभापतिका दाबेदार नेताहरु र अर्का नेता बलबहादुर केसी समेत सहभागी छन् ।
काँग्रेसको महाधिवेशनमा सभापति शेरबहादुर देउवा पक्षलाई भन्दा पौडेल पक्षलाई सभापतिको साझा उम्मेदवार तय गर्न सकस पर्ने देखिन्छ । यद्यपी देउवालाई चुनौति दिनेगरी उपसभापति समेत रहेका विमलेन्द्र निधिले पनि औपचारिक रुपमा सभापति पदमा उम्मेदवारी घोषणा गरिसकेका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।