शनिबार, साउन ३० २०८३
ताजा अपडेट

सभामुखलाई गुरिल्ला शैलीको संज्ञा दिदै महेश बस्नेत भन्छन्, सरकारलाई कुपोषण लाग्यो !


  • सोमबार, भाद्र १४ २०७८
8.7K
SHARES

फाइल तस्विर

पूर्वमन्त्री एवम् नेकपा एमालेका नेता महेश बस्नेतले एमालेले १४ सांसदलाई कारबाहीको सिफारिस गरेकोमा सभामुखले विभिन्न जाल झेल गरेर कारबाही नगर्ने निर्णय गरेको आरोप लगाएका छन् ।

बस्नेतले नेपाली संसद्को उपहास गर्दै सभामुख अग्निप्रसाद सापकोटाले विगतको गुरिल्ला शैलीमा झै छुट्टै सरकार र संसद् झल्को दिने गरी एमालेले १४ सांसद्लाई कारबाही नगर्ने निर्णय गरेको आरोप लगाएका हुन् ।

सोमबार भक्तपुरस्थित रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै बस्नेतले वर्तमान सरकारलाई सुरुवातमै कुपोषण लागेको समेत आरोप लगाए । वर्तमान सरकारमा सामेल दलहरुले संविधानभन्दा माथि गएर काम गरेको र अध्यादेशबाटै संसद्लाई निरन्तरता दिने प्रक्रियाका साथै एमाले फुटाउने अभियानमा मात्र केन्द्रित भएकाले सरकारले पूर्णता पाउन नसक्नु कुपोषणको लक्षण भएको बस्नेतले बताए ।

वर्तमान अवस्थामा राष्ट्रिय सहमतिको सरकार निर्माण गरी मितव्ययी रुपमा तीनै तहको निर्वाचन एकै समयमा गर्नु नै अन्तिम विकल्प रहेको बस्नेतको भनाइ छ । उनले संविधानको मिचेर अ‍नेका खालका अध्यादेश ल्याएर निर्वाचनलाई पछि धकेल्दै संसद्‌मा संसद्‌बीच फोहोरी खेल खेल्दै एमालेलाई कमजोर बनाउँने सपना नदेख्न र निर्वाचनमा उत्रन समेत आह्वान गरे ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा