नेकपा एकीकृत समाजवादीका नेता प्रदीप नेपालले अध्यक्ष माधव नेपालको साथ छोड्ने संकेत गरेका छन् । उनले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत अध्यक्ष नेपालले समेत झेली कुरा गरेकोले धोकाको उपपहार लिएर जानुपर्ने अवस्था आएको बताएका छन् ।
माधव कमरेड, म केपीसँग जान्न किनभने तानाशाही प्रवृत्तिको म सधैं विरोधी हुँ’ नेता नेपालले भनेका छन्, ‘तपाईंले पनि झेली कुरा गर्न सिक्नुभएछ । बारम्बारको कुराकानीमा मैले जबज हुँदैन भने मेरो नाम नलेख्नुस् भनेको थिएँ । तर आखिरमा तपाईंबाट पनि मैले धोकाकै उपहार लिएर जानुपर्ने भो । विदा ।’
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।