शनिबार, साउन ३० २०८३
ताजा अपडेट

एमाले हेरेको हेरै, माधव नेपाल सहित १४ सांसदलाई कारबाही नगर्ने सभामुखको निर्णय !


  • सोमबार, भाद्र १४ २०७८
10.1K
SHARES

फाइल तस्विर

सभामुख अग्नि सापकोटाले नेकपा एमालेले १४ सांसदलाई कारबाहीका लागि गरेको सिफारिस कार्यान्वयन नगर्ने भएका छन्। निर्वाचन आयोगले नयाँ दल दर्ता भएको सूचना पठाएकाले सांसदलाई कारबाही नगर्ने निर्णय सभामुख सापकोटाले गरेका हुन्।

प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादी दर्ता भएको पत्र भदौ ११ गते संसद सचिवालयलाई प्राप्त भएको बताए।

एमालेले कारबाही गर्न भनेर पत्र पठाएको थियो। अब कानून अनुसार अर्को दल दर्ता भइसकेको अवस्थामा अगाडि बढ्ने अवस्था नरहेको भनेर सभामुखले निर्णय गर्नु भएको छ’, योगीले भनेका छन्।

नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत मागेपछि अनुपस्थित भएका १४ सांसदलाई ह्विप उल्लघंन गरेको भन्दै कारबाही सिफारिस गरेको थियो। एमाले सांसदहरुले तत्काल सूचना टाँस गर्न सभामुखको कार्यकक्षमा पुगेर धर्ना समेत दिएका थिए।

प्रतिनिधि सभा नियमावली अनुसार सभामुखले कारवाहीको सूचना दलबाट प्राप्त भएको १५ दिनभित्र टाँस गर्नुपर्ने छ।

तर सभामुख सापकोटाले १३ दिनसम्म सूचना प्रकाशित गरेका थिएनन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा