शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

पूर्व माओवादी टोपबहादुरको गर्जन : एमाले फुटेको छैन, केही साथीहरू चोइटिएर गएका हुन !


  • आइतबार, भाद्र १३ २०७८
11.7K
SHARES

फाईल तस्बिर

नेकपा एमालेका नेता तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले जनादेशविपरीत बनेको वर्तमान सरकारले जनअपेक्षाअनुसार काम गर्न नसक्ने बताएका छन् ।

अर्घाखाँचीमा नेकपा एमाले सन्धिखर्कका उपलब्ध कार्यकर्तालाई चुत्राबेसीमा सम्बोधन गर्दै उनले परमादेशबाट निर्मित सरकार अलोकतान्त्रिक र असंवैधानिक भएको आरोप लगाए ।

नेकपा एमाले स्थायी कमिटी सदस्यसमेत रहेका रायमाझीले नेकपा एमाले नफुटेको भन्दै केही साथीहरू चोइटिएर गएको बताए । लहलहैमा लागेर सीमित नेताहरू बाहिरिएको भए पनि आमकार्यकर्ता र जनताले नपत्याएको भन्दै उनले केही समयपछि पछुतो मान्दै पार्टीमा फर्कने दावी बताए ।

अर्घाखाँची जिल्लाबाट लगातार ३ पटक सांसद जित्दै आएका रायमाझीले आफू मन्त्री , सांसद भए पनि वा नभए पनि जिल्लाको विकासमा कमी आउन नदिने प्रतिबद्धता व्यक्त गरे । अरुले ५० वर्षमा गर्न नसकेको काम १३ वर्षमा गरेर देखाएको उनको दावी थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा