नेकपा एकीकृत समाजवादी पार्टीले राष्ट्रियसभामा संसदीय दलको नेता बेदुराम भुसाललाई चयन गरेको छ ।
आइतबार बसेको सो पार्टीको संसदीय दलको बैठकले स्थायी कमिटी सदस्य भुसाललाई राष्ट्रियसभा दलको नेता चयन गरेको हो ।
राष्ट्रियसभामा माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीका सात जना सांसद छन् । कलम चिन्ह लिएर स्वतन्त्र जितेका सांसद खिमलाल देवकोटा पनि सोही पार्टीमा समावेश हुने सम्भावना छ ।
वामदेव गौतम समेत मिसिएमा राष्ट्रियसभामा एकीकृत समाजवादी तेस्रो ठूलो दल हुनेछ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।