शनिबार, साउन ३० २०८३
ताजा अपडेट

एमाले पार्टी अब ज्युँदो रहेन, ओलीले एमाले पार्टीलाई मृत अवस्थामा पुर्‍याए : माधव नेपाल


  • आइतबार, भाद्र १३ २०७८
8.1K
SHARES

फाइल तस्विर

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपालले केपी ओलीकै कारण नेकपा एमाले पार्टी मृत प्रायः अवस्थामा पुगेको बताएका छन् । आइतबार पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै नेपालले ओलीले ओली प्रवृत्तिकै कारण नेकपा एकता विफल र अहिले आएर पार्टी नै विभाजित गर्नुपर्ने अवस्था आएको बताए ।

ओलीमा आफू प्रधानमन्त्री नहुने हो भने कुर्सी नै भाँचिदिने प्रवृत्ति रहेको उल्लेख गर्दै नेपालले ओली कम्युनिस्टको नाममा कलंक भएको बताए ।

आफ्नो सम्बोधनको अधिकांश समय ओलीको आलोचनामा खर्चिएका नेपालले पार्टीका केही नेताहरुले बीचैमा आफूलाई धोका दिएको भन्दै गुनासो पनि गरे । उनले ओली सत्ता बाहेक केही नरोच्ने व्यक्ति रहेको आरोप लगाउँदै विश्वासको मत नपाउँदा पनि राजीनामा दिएर नैतिकता नदेखाएको आरोप टिप्पणी गरे ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा