शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

बाढी पहिरोको डरलाग्दो वितण्डा के गर्दै छ सरकार ?


  • आइतबार, भाद्र १३ २०७८
11.6K
SHARES

डुबानको सङ्केत तस्बिर

वर्षाको कारण देशका धेरै ठाउँमा गएको बाढी पहिरो र डुबानमा परी असार देखि यताको अवधिमा ९१ जनाको ज्यान गएको छ । प्रहरीका अनुसार गएको जेठ ३० गतेदेखि शनिवार दिउँसोसम्म बाढी पहिरोमा परि देशभर ९१ जनाको मृत्यु भएको खबर छ । यो अवधिमा बाढी पहिरो पीडित ले राहत पनि पाउन सकेका छैनन् ।

कति ठाउँमा पाएका पनि छन् तर धेरै ठाउँमा आश्वासन मात्र पाएका छन् । यत्रो क्षति भइसक्दा पनि सरकार के हेर बसेको छ भन्ने प्रश्न जनस्तर बाट उठ्न थालेको छ । यो अवधिमा मृत्यु हुनेहरूमा ४६ जना पुरुष, २३ जना महिला, १० जना बालक र १२ जना बालिका रहेका छन् ।

बाढीका कारण ३ हजार १८० वटा घर डुबानमा परेका छन् । जसमध्ये ९ सय घर, १ सय ५३ गोठ, ६० वटा पुल, ८ वटा विद्यालय र १४ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ भने १ हजार ८७ वटा पशु चौपायको मृत्यु भएको छ । तथ्यांक अनुसार उक्त अवधिमा भएका जम्मा १ हजार १ सय ३० वटा विपद्का घटनाबाट १ हजार २ सय ९ घर परिवारका ५ हजार ९ सय २४ जना विस्थापित भएका छन् ।

प्रहरीले प्रभावित स्थानहरुमा भएको क्षति न्यूनीकरण र उद्दारका लागि सम्बन्धित प्रहरी कार्यालयबाट प्रहरी कर्मचारीहरु सक्रिय रुपमा संलग्न रहेको जानकारी पनि दिएको छ । साथै विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा बाढी पहिरोको जोखिममा रहेका घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने कामसमेत प्रहरीले गरिरहेको जनाइएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा