शनिबार, साउन ३० २०८३
ताजा अपडेट

एक-दुई पात खस्दैमा रुखलाई केही फरक पर्दैन, माधवकुमार नेपाललाई ओलीले दिए पात को संज्ञा


  • शनिबार, भाद्र १२ २०७८
8.2K
SHARES

फाइल तस्विर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहित केही नेताले अर्को पार्टी गठन गर्दैमा केही फरक नपर्ने बताएका छन् ।

ललितपुरको महालक्ष्मी नगरपालिकामा शनिबार युथफोर्सले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले भने, ‘एक–दुई पात खस्दैमा पिर मानेर रुख ढल्दैन । एकदुइटा पात पहेँलिएर झर्छन्, अर्को टुसो आउँछ । अहिले हेर्नुस् त कमिटीहरुको टुसा पलाएको । नयाँ नयाँ पालुवा पलाउँदैछन्, नयाँ नयाँ हाँगा हाल्दैछन् ।’

एमाले फुटेको नभई केही बिग्रिएका मान्छेले पार्टी छाडेको भन्दै ओलीले अघि भने, ‘केही मान्छे पतीत भएका हुन्, बिग्रिएका हुन् । बिग्रिएका मान्छेले पार्टी छोडेका हुन् ।’

लामो समयसम्म मुध र कैटबलेझै दुःख दिएका नेताहरुले अस्तिका दिन (९ भदौमा) दल दर्ताको पूर्जा लिएको भन्दै उनले भने, ‘कस्तो वुद्धि होला ? यत्रो महासागर जत्रो पार्टी निर्माण भएको छ, पौडी खेल्न पुगेन भनेर खाल्टो खन्न पुगे ।’

आफूहरुले सम्झाउन खोजे पनि पार नलागेको ओलीले बताए । मैले २० औं पल्ट फोन गरेँ, आठ पल्ट जहाँजहाँ भन्यो, त्यही गएर भेटेँ, सम्झाएँ’ उनले भने, ‘मैले सम्झाउँदा दुनियाँ सम्झिन्छ, एक दुई जना मान्छे पानी समातेर कसम खान्छ, तिम्रो कुरा सुन्दिनँ, तिमीले सम्झाएको बुझ्दिनँ । धरोधर्म मान्दिन भन्छ ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा