शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

चेल्सीका जोर्गिन्हो युइएफए ‘प्लेयर अफ दि इयर’ घोषित


  • शुक्रबार, भाद्र ११ २०७८
8.5K
SHARES

चेल्सीका जोर्गिन्हो वर्ष चेल्सीका जार्गिन्हो युइएफए पुरुष वर्ष खेलाडी ‘प्लेयर अफ दि इयर’ घोषित भएका छन् ।

बिहिबार इस्तानबुलमा सम्पन्न कार्यक्रममा चेल्सीका मिडफिल्डर जोगिन्होलाई युइएफए पुरषतर्फको वर्ष खेलाडी घोषित गरिएको हो ।

जोगिन्होले चेल्सीबाट गत सिजनको च्याम्पियन्स् लिग जितेका थिए भने इटालिबाट खेल्दै यसै वर्ष भएको युइएफए युरो कप २०२० को उपाधि जितेका थिए ।

जार्गिन्होले युइएफए वर्ष खेलाडीको अपार्ड जित्न चेल्सीकै सहकर्मी एन्गोलो कान्टे र म्यान्चेस्टर सिटीका केभिन डि ब्रुएनलाई पछि पारेका हुन् ।

युइएफए महिला वर्ष खेलाडीमा बार्सिलोनाकी एलेक्सिया पुटेलास घोषित भएकी छिन् ।

वर्ष उत्कृष्ट प्रशिक्षक पुरुषमा चेल्सीका थोमस टुचेल तथा महिलामा बार्सिलोनाकी लुइस कोर्टेस घोषित भइन् ।

वर्षको उत्कृष्ट फरवार्ड पुरुषमा बोरुसिया डर्टमण्डका इर्लिङ्ग हाल्याण्ड तथा महिलामा जेन्नी हेर्मोसोले अवार्ड हात पारिन् ।

पुरुषतर्फ मिडफिल्डर अफ दि सिजन चेल्सीका एनगोलो कान्टे र महिलातर्फ बार्सिलोनाका एलेक्सिया पुतेल्लासले जितिन् ।

उत्कृष्ट डिफेन्डर पुरुषतर्फ म्यान्चेस्टर सिटीका रुबेन डायस तथा र महिलातर्फ पीएसजीकी इरेने पारेडेस घोषित भइन् ।

वर्ष उत्कृष्ट गोलकिपर विधाको पुरुषमा चेल्सीका एड्वार्ड मेन्डी घोषित हुँदा महिलातर्फका अवार्ड बार्सिलोनाकी सान्ड्रा पानोसले हात पारिन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा