बूढानीलकण्ठ नगरपालिकाले आफ्नो स्वामित्वको सरकारी जग्गा बिनाप्रतिस्पर्धा गैरसरकारी संस्थालाई दिएको छ ।
बूढानीलकण्ठ–२ साविक चपली भद्रकाली ६ (ख) १ को कित्ता नम्बर ७१ को १३ रोपनी १४ आना सरकारी जग्गा परिवर्तन सञ्चार समूहलाई दिएको छ ।
जेठ १३ को नगर कार्यकारी बैठकले यो एनजीओलाई गैरनाफामूलक संस्था भन्दै ३० वर्षका लागि लिज दिन मन्त्रिपरिषद्को निर्णय चाहिन्छ ।
बूढानीलकण्ठ नगरपालिकाका सूचना अधिकारी टंकराज चिमोरियाले नगरपालिकाले लिजमा दिने निर्णय गरी जिल्ला प्रशासन कार्यालय काठमाडौँमा सिफारिस गरेको जानकारी दिए । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा सुरेन्द्र काफ्लेले लेखेका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।