शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

कांग्रेसमा उमेदवार बन्न ऋण खोज्न पर्ने, वडादेखि केन्द्रसम्म कति लाग्छ खर्च ?


  • शुक्रबार, भाद्र ११ २०७८
9.1K
SHARES

फाइल तस्विर

काठमाडौँ – नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि प्रक्रिया सुरू भएको छ । यही भदौ १८ गते वडा अधिवेशन हुँदैछ । केन्द्रीय महाधिवेशन भने मंसिर ९ गतेदेखि १३ गतेसम्म काठमाडौंमा हुनेछ।

कांग्रेसले करिब ९ लाख जनालाई क्रियाशील सदस्य बनाएको छ तर यसको सूची भने सार्वजनिक गरिसकेको छैन। जिल्ला सभापतिहरू र युवा नेताहरू क्रियाशील सदस्यताको सूची सार्वजनिक गर्न माग गर्दै बुधबारदेखि सानेपास्थित केन्द्रीय कार्यालयमा रिले अनसनमा बसेका छन्।

कांग्रेसमा वडा अधिवेशनका मतदाता क्रियाशील सदस्य हुन्। महाधिवेशन नजिकिएसँगै निर्वाचन निर्देशिकामार्फत् तह अनुसारका पदमा उठ्ने उम्मेदवारले तिर्नुपर्छ शुल्क यकिन भइसकेको छ।

केन्द्रीय सभापतिको निर्वाचनका लागि उम्मेदवार हुनेले ३० हजार रूपैयाँ शूल्क तिर्नुपर्छ। उपसभापति र महामन्त्रीका लागि २५ हजार रूपैयाँ लाग्नेछ। सहमहामन्त्रीका लागि २० हजार, केन्द्रीय सदस्य पदको निर्वाचनका लागि भाग लिने हो भने १० हजार रूपैयाँ शुल्क बुझाउनुपर्ने हुन्छ।

प्रदेश महाधिवेशन प्रतिनिधिका लागि तीन हजार, केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि पाँच हजार र केन्द्रीय महासमिति सदस्य पदको निर्वाचनका लागि सात हजार रूपैयाँ शूल्क लाग्ने निर्वाचन समितिले जनाएको छ।

प्रदेश सभापति पदका लागि १५ हजार, उपसभापति, महामन्त्री र सहमहामन्त्री उम्मेदवारले ११ हजार र सदस्यका लागि पाँच हजार शूल्क तिर्नुपर्छ। जिल्ला कार्यसमिति सभापति निर्वाचनलाई १० हजार, उपसभापति र सचिवका लागि सात हजार, सहसचिवका लागि छ हजार र सदस्यका लागि तीन हजार शूल्क लाग्नेछ।

त्यस्तै, गाउँपालिका र नगरपालिका भित्रका वडा कार्यसमितिमा उम्मेदवारका लागि पनि शूल्क तोकिएको छ।वडा सभापति पदका लागि पाँच सय, उपसभापति, सचिव र सहसचिवका लागि तीन सय, प्रदेश सभा क्षेत्रीय प्रतिनिधिका लागि पाँच सय र सदस्य पदको लागि एक सय रूपैयाँ शूल्क तोकिएको हो ।

गाउँपालिका कार्यसमितिका लागि सभापति निर्वाचनमा भाग लिनेले दुई हजार, उपसभापति, सचिव र सहसचिवका लागि एक हजार र सदस्यको निर्वाचनका लागि पाँच सय शूल्क लाग्नेछ।

नगर सभापतिका लागि हुने निर्वाचनमा उम्मेदवार हुँदा चार हजार, उपसभापति र सचिवका तीन हजार, सहसचिवका लागि दुई हजार र सदस्यलाई एक हजार शुल्क लाग्छ। महानगरपालिका र उपमहानगर भित्रका सभापति पदको निर्वाचनका लागि पाँच हजार, उपसभापति र सचिवलाई तीन हजार, सहसचिवलाई दुई हजार र सदस्यलाई दुई हजार शुल्क तोकिएको छ।

प्रदेश सभा क्षेत्रीय कार्यसमितिमा सभापतिलाई पाँच हजार, उपसभापति र सचिवलाई तीन हजार, सहसचिवलाई दुई हजार पाँच सय र सदस्यलाई दुई हजार शुल्क लाग्नेछ।

प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति सभापतिलाई सात हजार, उपसभापति र सचिवलाई पाँच हजार, सहसचिवलाई चार हजार र सदस्यलाई दुई हजार शुल्क लाग्छ।

साथै कांग्रेसले कोषाध्यक्षबाहेक अरू पदमा निर्वाचनमार्फत् नै चुन्ने व्यवस्था गरेको छ। निर्वाचित केन्द्रीय सदस्यमध्ये एक जना सभापतिको प्रस्तावमा केन्द्रीय कार्यसमितिबाट अनुमोदन हुने गरी कोषाध्यक्ष चयन गरिने व्यवस्था छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा