पछिल्ला वर्षहरुमा सोसल मिडिया कम्पनीहरुले अनलाइन सर्जकहरुका लागि उल्लेख्य मात्रामा स्रोत तथा पैसा खर्च गरिरहेका छन् । र, यो दौडमा भिडियो स्ट्रिमिंग प्लाटर्फम युट्युब सबैभन्दा अगाडि देखिएको छ ।
युट्युबको मातृ कम्पनी अल्फाबेटले मंगलबार एक घोषणा गर्दै हालसम्म २० लाख भन्दा धेरै भिडियो उत्पादकहरुलाई युट्युबले विज्ञापनको पैसा प्रदान गरेको जनाएको छ ।
कम्पनीका अनुसार युट्युबर अर्थात् डिजिटल सर्जकहरुलाई पछिल्लो तीन वर्षमा मात्रै ३० अर्ब डलर भन्दा धेरै रकम भुक्तानी गरिसकिएको छ । उक्त रकम विज्ञापन, वस्तु तथा सेवा र अन्य सर्भिस फिचरहरु बापतको हो ।
एक अन्तरवार्तामा युट्युबका मुख्य उत्पादन अधिकृत निल मोहनले भनेका छन्- विश्वव्यापी प्लाटर्फमको रुपमा हाम्रो जिम्मेवारीका कारण यो क्रियाशील क्षेत्रको सिर्जना भएको छ ।
युट्युबले विज्ञापनबाट हुने कमाई सम्बन्धित युट्युब च्यानललाई पनि बाँड्ने कार्यको थालनी सन् २००७ बाटै गरेको थियो । तर त्यतिबेला भिडियोहरुमा विज्ञापन देखाउने कुरामा व्यवस्थित नियमन थिएन ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।