नेपाल रेल्वे कम्पनीका पूर्व महाप्रवन्धक गुरु भट्टराईले वरिष्ठ नेता तथा नवगठित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले रेल कवाडीमा लिलाम गर्ने भए भन्ने अभिव्यक्ति दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमा उनको यस्तो अभिव्यक्ति आएको हो ।
नेपाल रेल्वे कम्पनीका पूर्व महाप्रबन्धक भट्टराईले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको भातृ सङ्गठन युवा संघका उपाध्यक्षसमेत रहेका निरञ्जन झा महाप्रबन्धक नियुक्त भए पछि पूर्व महाप्रवन्धक समेत रहेका भट्टराई असन्तुष्ट रहेको उनका अभिव्यक्तिबाट बुझ्न सकिन्छ ।
उनले अगाडि लेखेका छन्–‘देउवा सरकारले रेल्वे अध्यादेश निष्कृय बनायो, जिएमको कुरै नगरौ, रेल संचालन र मर्मतको जिम्मा लिएको कोंकण रेलवे कम्पनिले रेल संचालन गर्न नेपाल सिरियस छ कि छैन ? भनेर दोस्रो चेतावनी दिएको छ । सन्दर्भ हेर्दा उदघाटन गर्न तयार भएको रेल माधवकुमार नेपालले कवाडीमा लिलाम गर्ने भए । रेल खरिद गरेको वारेन्टी पिरियड आगामी असोजमा अन्त्य हुँदैछ । नेपाली जनताको दुर्भाग्य । जनकपुरवासीको त झन् ठुलो दुर्भाग्य ।’
पुर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको साईवर सेनाका सेनापतिको उपनाम पाएका भट्टराईले माधव पक्षका झा विरुद्ध सामाजिक सञ्चालमै आक्रमण गरेका हुन ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।