आसन्न महाधिवेशन बाट फेरी सभापतिमा कुनै पनि हालतमा दोहोरिने मनसायमा रहेका सभापति शेरबहादुर देउवालाई देउवाकै टिमका देउवाकै विश्वास पात्र मानिएका उपसभापति विमलेन्द्र निधिले आसन्न महाधिवेशनमा कुनै पनि हालतमा नछाड्ने बताउँदै आएका छन् ।
आसन्न महाधिवेशन सजिलै जित निकाल्ने रणनीतिमा रहेका शेरबहादुर देउवाको समूह सग्लो नरहने करिब ‘निश्चित भएको छ । सभापतिमा दाबी गरेर निरन्तर संवादमा रहेका उपसभापति विमलेन्द्र निधिले औपचारिक रूपमै महाधिवेशनको तयारी थाल्ने भएपछि संस्थापन समूहमा खटपट सुरु भएको स्रोत बत्ताउँछ ।
उपसभापति निधिले सभापति लड्ने तयारीका लागि शुक्र बारदेखि सम्पर्क कार्यालय सञ्चालन गर्ने समेत भएका छन् । महाधिवेशन अभियान संयोजन गर्ने गरी थापागाउँस्थित बानेश्वर ब्यांक्वेटमा निधिले सम्पर्क कार्यालय खडा गरेको निधि स्रोतको भनाइ छ ।
पौडेल समूहमा धेरै सभापतिका आकाङ्क्षी भएको अवस्थामा देउवा सजिलै सभापति जित्ने दाउमा रहेका बेला उपसभापति निधिले देउवालाई ठुलै झड्का दिने निश्चित प्राय भएको स्रोत बत्ताउँछ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।