नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली दक्षिणपन्थी भासमा भासिएकाले ओलीको पार्टी शिथिल मात्र हैन मृत भईसकेको बताएका छन् ।
केपी शर्मा ओली दक्षिणपन्थी भासमा भासिएकाले नयाँ पार्टी खोल्नु परेको प्रस्टीकरण दिएका छन् । नयाँ पार्टी दर्ता गरेपछि बिहीबार पहिलो पटक पत्रकार सम्मेलन गर्दै अध्यक्ष नेपालले ओलीले नेकपा एमालेलाई दक्षिणपन्थी भासमा फसाउँदै लगेको, मार्क्सवादी मूल्य मान्यतालाई तिलाञ्जली दिएको तथा पार्टीका क्रान्तिकारीहरुलाई निष्कासन गर्दै गएपछि बाध्यताबस नयाँ पार्टी गठन गरेको बताएका हुन् ।
नेपाल र विश्वको इतिहासमा समेत दक्षिणपन्थीहरुको ज्यादतीबाट विद्रोह गर्ने चलन रहेको भन्दै आफुहरुले पनि त्यसै गरेको बताए । आफ्नो पार्टीमा देशभरका क्रान्तिकारी नेता कार्यकर्ता रहेको भन्दै ओलीबाट पीडित भएकाहरु आफ्नो पार्टीमा त्यस्ता कार्यकर्ता आउने क्रम जारी रहेको दावी समेत गरे ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।