युद्धताका प्रचण्ड–बाबुराम मिडियाका लागि जति दुर्लभ मानिन्थे त्यस्तै दुर्लभ लोक गाईका विष्णु माझि र सुन्दरमणि लाई लिन सकिन्छ । उनका गीत सुन्न सकिन्छ तर उनको सार्वजनिक जीवन कुनै मिडियामा देख्न सकिँदैन । बिष्णु माझी मात्र हैन उनका पति सुन्दरमणिलाई पनि कुनै मिडियामा अभिव्यक्ति दिएको पाउन सकिँदैन ।
जब–जब विष्णु माझीको गीत हिट लिस्टमा सामाजिक सञ्जालमा आउन थाल्छ त्यो बेला विष्णु माझीलाई खोजी गर्न सुरु हुन्छ । नेपाली लोक संगीतमा नम्बर १ गायिकाको ताज पहिरिएकी अत्यन्तै राम्रो स्वर भएकी गाइकाको जीवनशैली अलिक ‘रहस्यमय देखिन्छ।
उनलाई आफ्नै श्रीमानले घरभित्र बन्धकझैं बनाएर राखेको धेरैले विश्वास गर्ने गर्छन् । उनको फोटो पनि पुरानै सार्वजनिक हुन्छ । कहीँ कतै कुनै मिडियामा पनि अन्तरवार्ता आउदैन । कुनै मिडियाले पनि भेट्दैनन् ।
गुगलमा विष्णु माझी टाइप गरेर तस्वीर खोज्नुभयो भने एउटाभन्दा बढी तस्वीर भेट्न मुस्किल पर्छ । १० वर्षभन्दा अगाडिदेखि उनको यही मात्रै तस्वीर चल्तिमा छ । उनले गाएका गीतका कभर फोटोहरुमा पनि योभन्दा दोस्रो तस्वीर पाइँदैन । यसबाहेक एकाध तस्वीर र भिडियो भेटिन्छन्, जुन उनको विवाहभन्दा पहिलेका हुन् ।
युट्यूवमा विष्णुको अन्तरवार्ता खाजी गर्नुभयो भने एउटा पनि भेटिदैनन। खासमा उनले आजका दिनसम्म एउटा पनि मिडियालाई अन्तरवार्ता दिएकी छैनन् ।
विष्णु मात्र होइन, उनका श्रीमान सुन्दरमणि पनि मिडिया भनेपछि चार कोस पर भाग्छन् । सुन्दरमणि सामाजिक सञ्जाल चलाउँछन्, तर केवल आफ्ना गीत सेयर गर्नेबाहेक उनका अन्य गतिविधि देखिँदैन ।
आम श्रोता सर्जकले विष्णु माझी सार्वजनिक भएको देख्ने हुटहुटीमा छन् ।