एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आलोचकहरुले कठोर र अनुदार राजनीतिज्ञका रुपमा चित्रित गर्ने गर्छन् ।
व्यक्तिगत जीवनमा भने उनी ठट्यौलो र रसिक छन् । पत्नी राधिकाको जन्मदिनमा हिजो पार्टीका केही कार्यकर्ताहरुमाझ उनी यस्तै अवतारमा पेश भए ।
राधिकाको जन्मदिनमा बालकोटस्थित ओली निवासमा हिजो सानो जमघट थियो । पार्टीका एकाध नेताहरुसहित अनेरास्ववियुका युवाहरुको समूह उनलाई शुभकामना दिन बालकोट पुगेका थिए ।
त्यस क्रममा ओली पार्टीका युवाहरुमाझ रमाइलो मुद्रामा पेश भए । उनले एकछिन नृत्य समेत गरे ।
कार्यकर्ताहरुको आग्रहमा ओलीले आफैंले लेखेको गीत ‘म त कति भाग्यमानी…’ मा छमछम नाचेका थिए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।