नेकपा एमाले प्रदेश १ को संसदीय दलको नेतामा भीम आचार्य चयन भएका छन् । मुख्यमन्त्री शेरधन राईको प्रस्तावमा आचार्य दलको नेतामा सर्वसम्मत चयन भएका हुन् । आजै आचार्यलाई नयाँ मुख्यमन्त्री बनाउने एमालेको तयारी भए सँगै एमाले फुटको असरले मुख्यमन्त्री शेरधन राईको कुर्सी चैट हुने भएको हो ।
काठमाडौंमा रहेका मुख्यमन्त्री राई आचार्यका लागि मार्ग प्रशस्त गर्न आज बिहानै जहाजबाट विराटनगर गएका थिए ।
आचार्यलाई मुख्यमन्त्री र संसदीय दलको नेता बनाउँदा प्रदेशभरका वहुसंख्यक माधवपक्षीय सदस्यहरु एमालेमै बस्ने र सरकारको नेतृत्व पनि एमालेमै रहने बुझाइका साथ राईले लचकता देखाएका हुन् ।
उनले अबको आफ्नो ध्यान पार्टी निर्माणमा केन्द्रित हुने भन्दै त्यसका लागि सत्ता छाड्न तयार रहेको बताउँदै आएका थिए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।