काठमाडौं – कृष्णबहादुर महरा सभामुख हुँदा दुर्व्यवहारको आरोप लगाउँदै पदबाट राजनीनामा दिन बाध्य पारेकी रोशनी शाहीले फेरि अर्को धम्की दिएकी छन्। केही दिनअघि मात्रै नेकपा माओवादी केन्द्र प्रवक्ताको जिम्मेवारी पाएका महरालाई शाहीले धम्की दिएकी हुन्।
महरा सभामुख हुँदा जबर जस्ती करणी मुद्दामा उनै शाहीले हालेका थिइन् । यद्दपी महराले जिल्ला अदालत काठमाडौँ र उच्च अदालत पाटनबाट सफाई पाइसकेका छन् । सफाई पाएपछि केही दिनअघि मात्रै महराले माओवादीको प्रवक्ताको जिम्मेवारी पाएका थिए ।
बिहीबार आज बिहान शाहीले सामाजिक सञ्जाल फेसबुकबाट दुई ‘आक्रमण’ गरिन् । महराको अर्को मुद्धा बाँकी नै रहेको शाहीले उल्लेख गरेकी छिन् । ‘अर्को मुद्दा बाँकि नै छ महरा जि’ शाहीले लेखेकी छन् ।
शाहीले अर्को पनि पोस्ट गरेकी छन् । ‘महरा सकिए महराको चालीस वर्षको राजनीति सखाप भयो महराको राजनीति योगदान खरानी भयो भनेर कराउनेहरू महराको राजनीति जहाँको त्यँहि हुनुमा एउटी महिलाले संसारसँग एक्लै लडेर बदनामी सहिन् अर्की महिला मृत्युको मुखमा परिन् पुरुष अगाडि बढ्नुमा महिलाहरू जल्नुपर्छ मर्नुपर्छ मृत्युको शैयामा आगोको ज्वालामा बसेर पुरुषहरू आफ्नो ढाड सेकाउँछन् ।’
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।